यू-१६ इस्ट जोन कप विजेता टोलीका तीन खेलाडी सम्मानित
काठमाडौँ । अघिल्लो साता मलेसियामा सम्पन्न एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीका तीनजना खेलाडीलाई आइतबार एसपीए कलेजले कैलालीको धनगढीमा सम्मान गरेको छ ।
नेपाली टोलीमा रहेका सुदूरपश्चिम तीनजना खेलाडी विकेटकिपर ब्याट्सम्यान आशिष लुहार, ओपनर ब्याट्सम्यान नरेन भट्ट र अशोक धामीलाई कलेजले सम्मान गरेको हो ।
फाइनलमा घरेलु टोली मलेसियामाथि दुई सय २१ रनको सानदार जित हात पार्दै नेपालले लगातार तेस्रो पटक यू-१६ इस्ट जोन कपको उपाधि चुमेको थियो ।
कञ्चनपुरका आशिष एसपीए क्रिकेट टोलीको पनि कप्तान हुन् । उनी एसपीए कलेजमा कक्षा १२ मा अध्ययनरत छन् । फाइनलमा शतक प्रहार गरेका ओपनर ब्याट्सम्यान नरेन बैतडी जिल्लाका हुन् । अशोक भने बझाङ जिल्लाका खेलाडी हुन् ।
तीनैजनालाई एसपीएले स्नातकोत्तरसम्म निःशुल्क अध्ययन गराउने घोषणा गरेको छ । एसपीएले धनगढी क्रिकेट एकेडेमीमा तीनैजनालाई निःशुल्क प्रशिक्षणको समेत व्यवस्था मिलाइने बताएको छ । क्याम्पस प्रमुख योगराज उपाध्यायले देशकै नाम उच्च पारेका खेलाडीलाई सम्मान गर्न पाउँदा निकै खुसी लागेको बताए ।
उनले एसपीए कलेजमा अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने आठजना खेलाडी अध्ययन गरिरहेको बताउँदै खेलाडी र एसपीए एकअर्काको पर्याय बनेको धारणा व्यक्त गरे । खेलाडीका तर्फबाट आशिषले सम्मानका लागि एसपीए कलेजलाई धन्यवाद दिए । उनले गृहनगरमा सम्मानित हुन पाउँदा निकै खुशी लागेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औद्योगिक क्षेत्रको महसुल विवाद निरुपण नहुँदासम्म विद्युत् लाइन नकाट्न आग्रह
-
सामाजिक सञ्जालमा भ्रामक विज्ञापन नगर्न विज्ञापन बोर्डको आग्रह
-
जम्मा २५ पटक छोए बल, मैदानमै लाग्यो 'मेस्सी मेस्सी'को नारा
-
म्याद टाँसेपछि अख्तियारलाई आरजुको इमेल, ‘३ दिनभित्र आउन सक्दिनँ’
-
काठमाडौँ महानगरको बजेट : कुन क्षेत्रमा कति ?
-
बजेटबारे कर्णालीका सांसद भन्छन्– लक्ष्य स्पष्ट छैन, कार्यान्वयन चुनौतीपूर्ण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण