केपी ओलीले सोमबार पशुपतिमा ‘क्षमापूजा’ गर्ने
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असार २५ गते सोमबार पशुपतिमा क्षमा पूजा गर्ने भएका छन् । जलहरी प्रकरणमा मुछिएपछि ओलीले पशुपतिमा क्षमा पूजा गर्न लागेका हुन् । त्यसका लागि ओलीले पशुपति क्षेत्र विकास कोषमा जानकारी गराइसकेका छन् ।
‘केपी ओली र उहाँकी पत्नी राधिका शाक्य सोमबार बिहान नौ बजेपछि पशुपतिमा पूजा गर्न आउने जानकारी आएको छ’, पशुपति क्षेत्र विकास कोषका एक अधिकारीले रातोपाटीसँग भने,‘पूजा भनिएपनि क्षमा पूजा नै गर्ने हो ।’
स्रोतका अनुसार पशुपतिमा जलहरी प्रकरणमा विवाद भएपछि ताम्रपत्र र गर्भगृहमा लेखिएको नाम हटाइएपछि ओलीले क्षमा पूजा गर्न लागेका हुन् । तर ओलीको सचिवालयले भने त्यसबारे आफूलाई कुनै जानकारी नभएको बताएको छ । अध्यक्ष ओलीका प्रेस संयोजक रामशरण बजागाईले भने, ‘ मलाई त थाहा छैन, मैलेचाही सुनेको छैन ।’
यसैबीच गर्भगृहको पूर्व–उत्तरमा राखिएको ताम्रपत्र (एक बाई दुई फिटको) मा तत्कालीन राष्ट्रपतिसहितका सम्बन्धितको नाम रहेकामा सो नाम हाल आएर हटाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
वार्षिक १३ अर्ब खर्च हुँदा पनि प्रभावहीन बनेका तालिम रोक्न मन्त्रालयले स्थानीय तहलाई पत्राचार गर्ने
-
बागमती सरकारबाट एमालेका मन्त्रीले राजीनामा दिने
-
शिक्षामन्त्रीसँग जापानी राजदूतको शिष्टाचार भेटवार्ता
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण