बालेन र नारायणकाजीबीचको भेटमा बन्यो यस्तो समझदारी
आइतबार, २४ असार २०८०, २१ : ३५
१
काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ । भेटका क्रममा देश र जनताका मुद्दाहरूमा महत्त्वपूर्ण छलफल भएको श्रेष्ठले सामाजिक सञ्जालमार्फत जनाएका छन् ।
‘काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहसँग साथै खाना खाँदै देश र जनताका मुद्दाहरूमा महत्त्वपूर्ण छलफल भयो’, श्रेष्ठले भनेका छन् ।
सो क्रममा बालेनका टिमका केही प्रतिभाशाली साथीहरु पनि सहभागी रहेको जानकारी दिँदै श्रेष्ठले छलफललाई निरन्तरता दिने समझदारी आफूहरुबीच बनेको बताएका छन् ।
श्रेष्ठले देश र जनताका पक्षमा मिलेर परिणाममुखी काम गर्ने आफूहरुको समान सोच रहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण