बालेन र नारायणकाजीबीचको भेटमा बन्यो यस्तो समझदारी
आइतबार, २४ असार २०८०, २१ : ३५
१

काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ । भेटका क्रममा देश र जनताका मुद्दाहरूमा महत्त्वपूर्ण छलफल भएको श्रेष्ठले सामाजिक सञ्जालमार्फत जनाएका छन् ।
‘काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहसँग साथै खाना खाँदै देश र जनताका मुद्दाहरूमा महत्त्वपूर्ण छलफल भयो’, श्रेष्ठले भनेका छन् ।
सो क्रममा बालेनका टिमका केही प्रतिभाशाली साथीहरु पनि सहभागी रहेको जानकारी दिँदै श्रेष्ठले छलफललाई निरन्तरता दिने समझदारी आफूहरुबीच बनेको बताएका छन् ।
श्रेष्ठले देश र जनताका पक्षमा मिलेर परिणाममुखी काम गर्ने आफूहरुको समान सोच रहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
म्यान्मामा ‘जुन्टा’को हवाई आक्रमण, २० बालबालिकासहित २२ जनाको मृत्यु
-
मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षा
-
काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध
-
गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
-
चोरमाराको गिरूवारी खोला पुल भाँसियो, निरीक्षणमा जाँदै प्रहरी
-
सहरका कथा पनि मौलिक हुन्छन्– केकी अधिकारी