शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
राजनीति

प्रचण्ड र देउवासँगको छलफलपछि ओलीले बोलाए बैठक

सोमबार, २५ असार २०८०, १४ : ४०
सोमबार, २५ असार २०८०

काठमाडौँ । नेकपा एमाले संसदीय दलको बैठक सुरु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष र कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफल सकेलगत्तै ओलीले संसदीय दलको बैठक बोलाएका हुन् । बैठक नयाँ बानेश्वरस्थित संसद भवनको लोत्सेहलमा बसिरहेको छ । 

बैठकमा ओलीले तीन दलका शीर्ष नेताबीच भएको छलफलबारे व्रिफिङ गर्नेछन् । सिंहदरवारमा तीन दलका शीर्ष नेताबीच भएको छलफलमा ओलीले प्रधानमन्त्री प्रचण्डलाई बोल्न दिने सहमति गरेका छन् । यसअघि एमालेले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सदन अवरुद्ध गर्दै आएको थियो । उसले प्रधानमन्त्रीको राजीनामा समेत मागेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप