आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

ट्राफिक प्रहरीले गर्‍यो २१ वटा दुई पाङग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण

सोमबार, २५ असार २०८०, १६ : २३
सोमबार, २५ असार २०८०

काठमाडौँ । ट्राफिक प्रहरीले २१ वटा दुई पाङग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा हराएका २१ वटा दुई पाङग्रे सवारी साधन खोजी गरी सोमबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो । 

रामशाहपथस्थित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सोमबार आयोजित एक कार्यक्रममा प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले १२ वटा मोटरसाइकल र ९ वटा स्कुटर धनीलाई हस्तान्तरण गरेका हुन् ।  

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनको आधारमा खोजी गर्ने क्रममा फेला परेका ५ सय वटा सवारी साधन चालु आर्थिक वर्षमा ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको जनाइएको छ । 

अवैध रुपमा नेपाल भित्रिएका ९५ वटा सवारी साधन भन्सार कार्यालयमा बुझाइएको र एउटा मोटरसाइकललाई थप अनुसन्धानको लागि यातायात कार्यालय पठाइएको प्रहरी वरिष्ठ उपरीक्षक भट्टले बताए ।  चालु आर्थिक वर्षमै चोरीका दुई पाङ्ग्रे ३२ वटा सवारी साधनसहित चोरीमा संलग्न ३६ जनालाई कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप