वीरेन्द्रनगरबाट एकैदिन ४ जना लागुऔषध कारोबारी पक्राउ
सुर्खेत । सोमबार वीरेन्द्रनगरबाट चार जना लागुऔषध कारोबारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । वीरेन्द्रनगर नगरपालिका–५ राधाकृष्ण मन्दिरस्थित लागुऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा हानेको थियो । त्यसक्रममा वीरेन्द्रनगर नगरपालिका– ५ बस्ने २६ वर्षीय अमर विक, २२ वर्षीय राजन केसी र सोही ठाउँमा ३२ वर्षीय ढकेन्द्र विकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । उनीहरुको साथबाट २८० मिलिग्राम लागुऔषध ब्राउन रहेको थियो ।
यस्तै वीरेन्द्रनगर नगरपालिका–३ मुलपानी चोकको एक होटलबाट पनि एक जना लागुऔषध कारोबारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा २६ वर्षीय बलबहादुर भारती रहेका छन् । उनको साथबाट ४ पुडिया लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका चारैजनामाथि आवाश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई-पासपोर्ट छपाईमा अनियमितता : महानिर्देशक अर्यालसहित ५ जनालाई धराैटीमा छाड्न आदेश
-
रुसद्वारा युक्रेनको युद्ध रोक्ने नयाँ प्रस्ताव अस्वीकार, चार क्षेत्र कब्जा गर्ने लक्ष्य नछाड्ने घोषणा
-
अफगानिस्तानमा एक वर्षमा ४५ हजारभन्दा बढी लागूऔषध दुर्व्यसनीको उपचार
-
मदिरा खाएका कर्मचारीले एक्स–रे गरेः निकाल्नुपर्ने कुइनोको, निकालिदिए खुट्टाको
-
अस्पताल भवन निर्माण अलपत्र
-
भीएआरका ५ गडबडी : इरानको गोल रद्ददेखि घानाको पेनाल्टीसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण