यस्ता छन् स्वास्थ्य मन्त्री बस्नेतका ३२ काम
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले मन्त्रालयको नेतृत्व समालेपछि गरेका काम सार्वजनिक गरेका छन् । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी बस्नेतले आफू मन्त्री भएपछि गरेका ३२ बुँदे क्रियाकलापहरू सार्वजनिक गरेका हुन् ।
मन्त्री बस्नेतले गरिब तथा विपन्न नागरिकको उपचारका लागि १० प्रतिशत शैय्या सरकारी, सामुदायिक तथा निजी अस्पतालबाट ३ हजार ५२३ बेड निःशुल्क उपलब्ध गराएको उल्लेख गरेका छन् ।
यस्तै, ६ वर्षदेखि नीतिगत बहसमा रहेको राष्ट्रिय स्वास्थ्य वित्त रणनीति ( २०८०-२०९० ) मन्त्रिपरिषदबाट स्वीकृत र नेपाल स्वास्थ्य क्षेत्र–रणनीतिक योजना (२०७९/८० २०८७/ ८८ ) मन्त्रिपरिषदबाट स्वीकृत गरिएको उनले बताए ।
मन्त्री बस्नेतले पाठेघरको मुखको क्यान्सरविरुद्धको (एच.पी. भी.) खोप सुरुवात तथा सञ्चालन कार्यनीति स्वीकृत गरिएको जानकारी दिए । यस्तै पोखरा र धनगढीमा क्यान्सर अस्पताल थप गर्न रुस सरकारसँग समन्वय भइरहेको उनले बताए ।
नेपालले बालबालिकामा हुने क्यान्सरविरुद्धको उपचारको लागि ३५ प्रकारका औषधीहरू निःशुल्क उपलब्ध गराउन अमेरिकास्थित सेन्ट जुड अस्पताल र नेपालका क्यान्सर विज्ञहरूको कार्यशाला गोष्ठी सम्पन्न गरी धुलिखेल घोषणापत्र जारी गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
-
सुदूरपश्चिम प्रदेशमा यस्तो बन्यो पुनर्गठित मन्त्रिपरिषद् (सूचीसहित)
-
रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण