कोशी प्रदेश : चालू आर्थिक वर्षको पुँजीगत खर्च ८४.४४ प्रतिशत
विराटनगर । कोशी प्रदेश सरकार प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले चालू आर्थिक वर्षको प्रारम्भिक खर्च विवरण सार्वजनिक गरेको छ । उक्त विवरणमा हालसम्म प्रदेशमा पुँजीगततर्फ १८ अर्ब १३ करोड ३९ लाख ५९ हजार ४५२ रुपैयाँ अर्थात् कूल पुँजीगत बजेटको ८४ दशमलव ४४ प्रतिशत बजेट खर्च भएको छ ।
यस्तै कोशी प्रदेशमा चालू खर्चतर्फ १२ अर्ब ९३ करोड ५२ लाख २५ हजार ४०५ रुपैयाँ अर्थात् कूल चालू बजेटको ७९ दशमलव ४३ प्रतिशत खर्च भएको छ ।
कोशी प्रदेश सरकारले चालू र पुँजीगत गरेर हालसम्म ३१ अर्ब ६ करोड ९१ लाख ८४ हजार ८५८ रुपैयाँ अर्थात् कूल बजेटको ८२ दशमलव २८ प्रतिशत खर्च गरेको हो ।
प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि ३९ अर्ब ९२ करोड ७५ लाख ४३ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । उक्त बजेटमा संघीय सरकारले सशर्त अनुदान पुँजीगत तर्फ २ अर्ब १६ करोड ६७ लाख ६० हजार रुपैयाँ फिर्ता लगेको थियो । त्यसपछि प्रदेशको बजेटको आकार भने ३७ अर्ब ७६ करोड ७ लाख ८३ हजार ३२४ रुपैयाँमा खुम्चिएको थियो ।
उक्त बजेटको आकारमा चालूतर्फ १६ अर्ब २८ करोड ४३ लाख ८१ हजार ५२६ रुपैयाँ र पुँजीगततर्फ २१ अर्ब ४७ करोड ६४ लाख १ हजार ७९८ रुपैयाँ रहेको थियो ।
जसमा सबैभन्दा धेरै पुँजीगत खर्चका लागि सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालय (हाल पूर्वाधार विकास मन्त्रालय)मा मात्रै १२ अर्ब ९० लाख भन्दा बढी बजेट विनियोजन गरिएको थियो ।
उक्त मन्त्रालयको बजेटमध्ये ८३ दशमलव ७६ प्रतिशत खर्च गरेको छ । यस्तै खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालयको पुँजीगत बजेट ५ अर्ब ६२ करोड २० लाखमध्ये ९२ दशमलव २२ प्रतिशत बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयको विवरणमा उल्लेख छ ।

निवर्तमान मुख्यमन्त्री कार्कीद्वारा खुसी व्यक्त
यसैबीच, प्रदेश सरकारको खर्च विवरणप्रति निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले खुसी व्यक्त गरेका छन् । उनले आफूले लिएको सही नीतिका कारण बजेट खर्च गर्न सक्षम भएको दाबी गरेका हुन् ।
उनले आफ्नो नेतृत्वमा रहेको तत्कालीन कोशी प्रदेश सरकारले गरेको प्रतिबद्धता र प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट वक्तव्यका बेलासमेत गरेको प्रतिबद्धता बमोजिम कोशी प्रदेशको चालू आर्थिक वर्षको कूल खर्च ८०.८५ प्रतिशत हुने आफ्नो अनुमान सही भएको दाबी गरेका हुन् ।
उनले चालू आर्थिक वर्षको कूल खर्च ८२.४४ प्रतिशत वित्तीय प्रगति हासिल गर्न सफल भएकोमा खुसी व्यक्त गर्दै प्रदेश सरकारका सम्पूर्ण मन्त्रालय तथा निकायका कार्यालयका कर्मचारी, स्थानीय तह, निर्माण व्यवसायी, उपभोक्ता समिति तथा सबै सहयोगी निकायलाई धन्यवाद पनि दिएका छन् ।
‘प्रदेश सरकारको खर्च गर्ने क्षमता र प्रभावकारिताले संघीयता कार्यान्वयन तथा प्रदेश संरचनाप्रति आमजनताको सकारात्मक भावना विकास हुने कुरामा मैले विश्वास लिएको छु,’ उनले भनेका छन्, ‘मितव्ययिता, आर्थिक उत्तरदायित्व बोध गर्दै आर्थिक अनुशासनको परिपालना गर्दै प्रदेशको आर्थिक–सामाजिक विकासका माध्यमबाट मुलुकको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्न कोशी प्रदेशले सफलता प्राप्त गर्न सकोस्, हार्दिक शुभकामना ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
-
मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण