शाहरूखको जवानका धेरै दृश्य चोरी र नक्कल गरेको आरोप
मुम्बई । बलिउड सुपरस्टार शाहरुख खान आफ्नो आगामी फिल्म ‘जवान’ लाई लिएर चर्चामा छन् । किंग खानका फ्यानहरू उनको बहुप्रतिक्षित फिल्मको प्रतीक्षामा छन् । जहाँ हिजो अर्थात जुलाई १० मा सो फिल्मको प्रिभ्यु ट्रेलर सार्वजनिक भएको थियो । फिल्म निर्माता एटली कुमारले निर्देशन गरेको यस फिल्ममा शाहरुखका धेरै फरक र कूल लुक्स देखिएका छन्, जसलाई देखेपछि फ्यानहरू जवानको रिलिजको उत्सुकताका साथ पर्खिरहेका छन् ।
फिल्मको ट्रेलरको अन्तिम भागमा जब शाहरुखले आफ्नो टाउकोबाट ब्यान्डेज हटाउँछन्, तब उनको टाउको नयाँ लुकमा देखिन्छ । सुपरस्टारको यस्तो रूप कसैले कल्पना समेत गरेको थिएन । तर सुपरस्टारलाई यस लुकमा देखेपछि फिल्मलाई लिएर सामाजिक सञ्जालमा हलचल मच्चिएको छ । प्रिभ्यु ट्रेलरमा एउटै अभिनेता फरक लुक्समा देखिएका छन् । तर के तपाईलाई थाहा छ कि किंग खान भन्दा अगाडि नै उक्त लुकमा धेरै स्टारले अभिनय देखाइसकेका छन् ।
रिलिज भएको यो प्रिभ्यु ट्रेलरमा शाहरुख आधा अनुहारमा मास्क लगाएको देखिएका छन्, जसलाई हेरेर फ्यानमा उनको क्रेज झनै बढेको छ । तर त्यसअघि पनि अभिनेता चियान विक्रमको फिल्म अपरिचितमा यो लुकमा देखिइसकेका छन् । उनले फिल्ममा गरेको अभिनयका लागि धेरै तारिफ पाएका थिए ।
यसपछि प्रिभ्यु भिडियोको एउटा दृश्यमा प्रभासको फिल्म बाहुबलीको स्टाइलमा एक बालकले हात उठाउँदै गरेको देखाइएको छ, जुन बाहुबलीबाट कपी पेस्ट भएको देखिन्छ । यस्तै यस्तै दृश्य द लायन किङमा पनि खिचिएको थियो ।
जवानमा शाहरुखको अनुहारमा पट्टी लगाएको लुकले मानिसहरूलाई फिल्म डार्क म्यानको याद दिलाउँछ। यसैबीच, पट्टीमा बेरिएको किंग खानको कूल लुक हलिउड वेब सिरिज ‘मून लाइट’सँग धेरै हदसम्म मेल खाएको प्रतिक्रिया जनाइएको छ ।
किंग खानको बाेल्ड लुकले साउथ सुपरस्टार रजनीकान्तको फिल्म ‘शिवाजी द बोस’ को सम्झना दिलाउँछ । सामाजिक सञ्जालमा नेटिजन्सले जवानमा उनको लुक रजनीकान्तको फिल्मबाट नक्कल गरिएको महसुस गरेका छन् ।
यसै क्रममा जवानको प्रिभ्यु ट्रेलरमा हाइवेमा छायाङ्कन गरिएको बाइक चेसिङ सीन साउथ सुपरस्टार थला अजितको फिल्म ‘वालिमाई’ को कपी–पेस्ट जस्तो देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट
-
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति
-
हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ
-
मन्त्री बादीद्वारा बालमन्दिर ‘अटिजम’ विद्यालय अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण