एनआरएनए पोल्याण्डको अधिवेशन जुलाई ३० मा हुने
मङ्गलबार, २६ असार २०८०, १७ : ४१
पोल्याण्ड । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद पोल्याण्डको सातौं राष्ट्रिय अधिवेशन आगामी जुलाई ३० मा हुने भएको छ ।
एनआरएनए पोल्याण्डको आज बसेको बैठकले सो निर्णय गरेको हो । पञ्जिकृत सदस्यता लिनको लागि संघले दुई पटक समय थप गर्दे ५ जुलाई सम्म दिएको थियो।स्वीकृत पञ्जिकृत सदस्यको अन्तिम नामावली छिटै प्रकाशित गरिने अध्यक्ष जीवन केसीले बताए ।
अध्यक्ष केसीका अनुसार अधिवेशनमा कार्य सम्पादन प्रतिवेदन, आर्थिक प्रतिवेदन पेश गरिने र आगामी सन् २०२३-२०२५ का लागि नयाँ कार्य समिति चयन गरिने बताए। अधिवेशन गर्न उपयुक्त स्थानको खोजी भइरहेकोले चाँडै सूचनामार्फत जानकारी गराउने उनले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न
-
प्रतिष्ठान र गुम्बा विकास समिति खारेजीको निर्णयप्रति महासंघको आपत्ति
-
उखु किसानका पीडा: खेती गर्न मलकाे अभाव, उत्पादन बिक्री उधारोमै
-
विश्व द्वन्द्व ८० वर्षयताकै उच्च
-
‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली
-
राजस्व अनुसन्धान विभागको तत्कालीन महानिर्देशक अधिकारीको मुद्दामा तोकियो पेसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण