जनमतबाट अनितादेवीको नाम मन्त्रीका लागि सिफारिस, माओवादीबाट को मन्त्री हुन्छ आउट ?
काठमाडौं । जनमत पार्टीले सरकारमा जानका लागि मन्त्रीको नाम सिफारिस गरेको छ । पार्टीका तर्फबाट अनितादेवी साहको नाम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएको जनमत पार्टी स्रोतले जनाएको छ । साह जनमत पार्टीको कर्यकारिणी सदस्य एंव सांसद हुन् ।
प्रधानमन्त्री प्रचण्ड जनमत पार्टीलाई सरकारमा सहभागी गराउन आन्तरिक गृहकार्यमा जुटेका थिए । प्रधानमन्त्री प्रचण्डले यस विषयमा जनमत पार्टीका अध्यक्ष डा। राउतसँग पटकपटक छलफल गर्दै आएका थिए । पछिल्लो समय सोमबार प्रधानमन्त्री प्रचण्ड र राउतका बीचमा सरकारमा सहभागी हुने’मा छलफल भएको जनमत पार्टी महासचिव चन्दन सिंहले बताए ।
यसअघि प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जनमत पार्टीलाई सरकारमा ल्याउने तयारी भइरहेको पुष्टि गरेका थिए । त्यस्तै, यसअघि जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान खानेपानीमन्त्री थिए ।
जनमत पार्टीले विकास तथा पूर्वाधारसँग सम्बन्धित मन्त्रालय पाउनुपर्ने दाबी गर्दै आएको छ । प्रधानमन्त्री प्रचण्डले जनमतलाई कुन मन्त्रालय दिने भन्ने निर्णय गर्नसकेका छैनन् । उनी आफूनिकटका नेताहरूसँग उनी आन्तरिक छलफलमा छन् । प्रधानमन्त्री सचिवालयका अनुसार जनमत पार्टीलाई सरकारमा ल्याउने’दयगत छलफल भइरहेको थियो ।
तर, कुन मन्त्रालय दिने भन्ने’दयगत निर्णय हुन सकिरहेको थिएन । जनमतले उद्योग, भौतिक पूर्वाधार, सहरीजस्ता मन्त्रालय पाउनुपर्ने दाबी गर्दै आएको छ । विकासे मन्त्रालय नपाएको अवस्थामा एक राज्यमन्त्रीसहित अन्य मन्त्रालय पाउनुपर्ने सर्त जनमतका अध्यक्ष राउतले अघि सारेका छन् ।
प्रधानमन्त्री प्रचण्डले संघीय मामिला तथा सामान्य प्रशासन वा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय दिन खोजेको स्रोतको दाबी छ । यो समाचार राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जतिबेला पनि निद्रा लागिरहन्छ ?
-
ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व सङ्कलन
-
रास्वपा महाधिवेशनमा २१ सय मत खस्यो, लम्बियो मतदान गर्ने अवधि
-
दक्षिण कोरियाविरुद्ध दक्षिण अफ्रिकाको अग्रता, मसेकोको गोलले खेलमा रोमाञ्चक मोड
-
मेक्सिकोको दोस्रो प्रहार, चेक गणतन्त्र २–० ले पछि
-
चेक गणतन्त्रविरुद्ध मेक्सिकोको अग्रता, चाभेजको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण