जथाभावी कर निर्धारणले व्यवसायी त्रसित : पूर्वका उद्योगी
काठमाडौँ । पूर्वका उद्योगी व्यवसायीले सरकारले जथाभावी कर निर्धारण गर्दा व्यवसायी त्रसित बनेको बताएका छन् । एक विज्ञप्ती जारी गर्दै उद्योग परिसंघ, कोसी र मोरङ व्यापार संघले व्यवसायी त्रसित बनेको बताएका हुन् ।
‘मुलुकको आन्तरिक अर्थतन्त्र सुध्रिएकै छैन । लगानी विस्तार हुन नसक्दा कुल ग्राहस्थ उत्पादन अपेक्षित भन्दा ६ प्रतिशत विन्दु कम भएको छ,’ विज्ञप्तिमा लेखिएको छ, ‘राजस्व संकलन गत वर्षभन्दा १३ प्रतिशतले घटेको छ । दश महिनायता मूल्य वृद्धिदर ७ प्रतिशत माथि रहेको राष्ट्रिय तथ्यांकले देखाइरहेको छ ।’
अर्थतन्त्रका मुख्य वाहक व्यवसायीहरू उसै हतोत्साहित भएको अवस्था रहेको र यही समयमा आर्थिक बर्षको अन्तमा जथाभावी कर निर्धारणले व्यवसायी त्रसित बनाउने कार्य भइरहेको व्यवसायिक संगठनले बताएका छन् । विद्युत, बैंक जस्ता निकायको श्रृंखलाबद्ध प्रहार सहँदै प्रतिकूल वातवरणमा पनि उद्योगी÷व्यवसायीहरुले उद्योग÷व्यवसाय संचालन गरी उत्पादन, आपूर्ति, रोजगारी र राजस्वमा योगदान दिइरहेको उद्योगीको भनाई छ ।
विगत केही दिनदेखि निजी क्षेत्रमाथि राज्य संयन्त्रले लगातार प्रहार गरिरहेको आरोप समेत ती दुई संगठनको छ । राज्य संयन्त्र नियोजित रूपमै निजी क्षेत्रलाई हतोत्साहित बनाउन थालेको महसुस मात्र नभइ स्पष्ट देखिएको छ । यसले हाम्रो मुलुकलाई असफल मुलुक बनाउने खतराको संकेत मान्न सकिने समेत विज्ञप्तिमा लेखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण