बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

जथाभावी कर निर्धारणले व्यवसायी त्रसित : पूर्वका उद्योगी

बुधबार, २७ असार २०८०, १२ : ५३
बुधबार, २७ असार २०८०

काठमाडौँ । पूर्वका उद्योगी व्यवसायीले सरकारले जथाभावी कर निर्धारण गर्दा व्यवसायी त्रसित बनेको बताएका छन् । एक विज्ञप्ती जारी गर्दै उद्योग परिसंघ, कोसी र मोरङ व्यापार संघले व्यवसायी त्रसित बनेको बताएका हुन् ।

‘मुलुकको आन्तरिक अर्थतन्त्र सुध्रिएकै छैन । लगानी विस्तार हुन नसक्दा कुल ग्राहस्थ उत्पादन अपेक्षित भन्दा ६ प्रतिशत विन्दु कम भएको छ,’ विज्ञप्तिमा लेखिएको छ, ‘राजस्व संकलन गत वर्षभन्दा १३ प्रतिशतले घटेको छ । दश महिनायता मूल्य वृद्धिदर ७ प्रतिशत माथि रहेको राष्ट्रिय तथ्यांकले देखाइरहेको छ ।’

अर्थतन्त्रका मुख्य वाहक व्यवसायीहरू उसै हतोत्साहित भएको अवस्था रहेको र यही समयमा आर्थिक बर्षको अन्तमा जथाभावी कर निर्धारणले व्यवसायी त्रसित बनाउने कार्य भइरहेको व्यवसायिक संगठनले बताएका छन् । विद्युत, बैंक जस्ता निकायको  श्रृंखलाबद्ध प्रहार सहँदै प्रतिकूल वातवरणमा पनि उद्योगी÷व्यवसायीहरुले उद्योग÷व्यवसाय संचालन गरी उत्पादन, आपूर्ति, रोजगारी र राजस्वमा योगदान दिइरहेको उद्योगीको भनाई छ ।

विगत केही दिनदेखि निजी क्षेत्रमाथि राज्य संयन्त्रले लगातार प्रहार गरिरहेको आरोप समेत ती दुई संगठनको छ । राज्य संयन्त्र नियोजित रूपमै निजी क्षेत्रलाई हतोत्साहित बनाउन थालेको महसुस मात्र नभइ स्पष्ट देखिएको छ । यसले हाम्रो मुलुकलाई असफल मुलुक बनाउने खतराको संकेत मान्न सकिने समेत विज्ञप्तिमा लेखिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप