बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

श्रमिकको न्यूनतम ज्याला निर्धारण गर्न माग

बुधबार, २७ असार २०८०, १४ : १६
बुधबार, २७ असार २०८०

काठमाडौँ  । जनता समाजवादी पार्टी नेपाल सम्बद्ध समाजवादी ट्रेड युनियन महासङ्घले श्रमिकको न्यूनतम ज्याला न्यायोचित ढङ्गले निर्धारण हुनुपर्ने माग गरेको छ । महासङ्घको आज बसेको बैठकले प्रत्येक २ वर्षमा श्रमिकको न्यूनतम बेतन पुनरावलोकन गर्नुपर्ने माग राखेको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । 

नेपाल सरकारको सचिवस्तरीय अध्ययन कार्यदलले समेत श्रमिकहरूको न्यूनतम तलब ३६ हजार रुपैयाँ हुनुपर्ने निष्कर्षसहितको प्रतिवेदन बुझाएको सन्दर्भमा महासङ्घले न्यूनतम पारिश्रमिक निर्धारण समितिमा श्रमिकका प्रतिनिधिहरूले एकमतका साथ श्रमिकका पक्षमा अडान लिनुपर्ने कुरामा जोड दिएको उनले बताए ।  

महासंघका अध्यक्ष अर्जुन लम्सालले न्यूनतम ज्याला श्रमिकले कसैसँग माग्ने र कसैले दिने विषय नभई उनीहरूको अधिकारको विषय रहेको बताए । ट्रेड युनियनहरूले परम्परागत देखावटी शैलीको सट्टा प्रभावकारी र नतिजामुखी आन्दोलनका लागि तयारी रहनुपर्ने उनले बताए ।

समाजवाद उन्मुख मुलुकको परिकल्पना गर्ने तर श्रमिकलाई उचित ज्याला दिने विषयमा सधैँ आलटाल गर्ने गरेको विषयप्रति महासङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यस पटक श्रमिकहरूको ज्याला निर्धारण गर्दा कम्तीमा २७ हजार हुनुपर्ने महासङ्घको माग रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप