पश्चिम बंगालको पञ्चायत चुनावमा तृणमूलको ठुलो जित, भाजपा कमजोर
कोलकाता । पश्चिम बंगालको पञ्चायत चुनावमा हिंसा, अदालती मुद्दा र विपक्षीद्वारा लगाइएको धाँधलीको आरोपबीच सत्तारुढ तृणमूल कांग्रेसले ठुलो जित हासिल गरेको छ । मतगणना समाप्त नभए पनि अहिलेसम्मको नतिजामा पार्टीले आफ्नो प्रतिद्वन्द्वीहरुलाई धेरै पछाडि पार्न सफल भएको हो ।
टिकटका लागि आन्तरिक कलह र दुई ठुला नेता, वीरभूमका बाहुवली नेता अणुब्रत मन्डल र पूर्व मेदिनीपुरका शुभेन्दु अदिकारी, को साथ नभए पनि तृणमूल कांग्रेसले आफ्नो प्रदर्शन दोहोर्याउन सफल भएको देखिँदैछ । ग्राम पञ्चायतमा पार्टीले यसअघि पनि राम्रो प्रदर्शन गर्दै आइरहेको थियो । अहिले पञ्चायत समिति र जिल्ला परिषद्को भोट गन्दा पनि पार्टी शीर्ष स्थानमा रहेको छ । भारतीय जनता पार्टी दोस्रो स्थानमा रहेको छ । तर, दुई पार्टीबीच सिटको अन्तर निकै ठुलो रहेको छ । वाम–कांग्रेस गठबन्धन तेस्रो स्थानमा छ ।
जिल्ला परिषद्को कूल ९२८ सिटमा तृणमूल कांग्रेस ४७५ सिटमा अगाडि रहेको छ । भाजपाले अहिलेसम्म १७ सिट हासिल गरेको छ भने सीपीएमले ७ र कांग्रेसले चार सिट हासिल गरेको छ । पञ्चायत समितिको कूल ९,७३० सिटमध्ये तृणमूलले ४ हजार ९३८ सिट जितेको छ । भाजपाले ५११, सीपीएमले १२५ र कांग्रेसले १०५ सिट जितेका छ । बीबीसी हिन्दी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन
-
भन्सालीको ‘लभ एन्ड वार’ को सेटमा भयानक दुघर्टना, एक जनाको मृत्यु
-
टिपर दुर्घटनामा चालकको मृत्यु
-
पूर्वप्रधानन्यायाधीश पराजुली भन्छन्, ‘न्यायाधीशलाई गोलाप्रथाबाट मुद्दा तोक्ने व्यवस्था संविधानसम्मत छैन’
-
‘झिंगे दाउ २’ असोजमा रिलिज हुने
-
जैविक धरातलको संरक्षणमा नेपाल अद्वितीय छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण