आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

पश्चिम बंगालको पञ्चायत चुनावमा तृणमूलको ठुलो जित, भाजपा कमजोर

बुधबार, २७ असार २०८०, १४ : ४४
बुधबार, २७ असार २०८०

कोलकाता । पश्चिम बंगालको पञ्चायत चुनावमा हिंसा, अदालती मुद्दा र विपक्षीद्वारा लगाइएको धाँधलीको आरोपबीच सत्तारुढ तृणमूल कांग्रेसले ठुलो जित हासिल गरेको छ । मतगणना समाप्त नभए पनि अहिलेसम्मको नतिजामा पार्टीले आफ्नो प्रतिद्वन्द्वीहरुलाई धेरै पछाडि पार्न सफल भएको हो ।

टिकटका लागि आन्तरिक कलह र दुई ठुला नेता, वीरभूमका बाहुवली नेता अणुब्रत मन्डल र पूर्व मेदिनीपुरका शुभेन्दु अदिकारी, को साथ नभए पनि तृणमूल कांग्रेसले आफ्नो प्रदर्शन दोहोर्‍याउन सफल भएको देखिँदैछ । ग्राम पञ्चायतमा पार्टीले यसअघि पनि राम्रो प्रदर्शन गर्दै आइरहेको थियो । अहिले पञ्चायत समिति र जिल्ला परिषद्को भोट गन्दा पनि पार्टी शीर्ष स्थानमा रहेको छ । भारतीय जनता पार्टी दोस्रो स्थानमा रहेको छ । तर, दुई पार्टीबीच सिटको अन्तर निकै ठुलो रहेको छ । वाम–कांग्रेस गठबन्धन तेस्रो स्थानमा छ । 

जिल्ला परिषद्को कूल ९२८ सिटमा तृणमूल कांग्रेस ४७५ सिटमा अगाडि रहेको छ । भाजपाले अहिलेसम्म १७ सिट हासिल गरेको छ भने सीपीएमले ७ र कांग्रेसले चार सिट हासिल गरेको छ । पञ्चायत समितिको कूल ९,७३० सिटमध्ये तृणमूलले ४ हजार ९३८ सिट जितेको छ । भाजपाले ५११, सीपीएमले १२५ र कांग्रेसले १०५ सिट जितेका छ । बीबीसी हिन्दी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप