बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

रोल्पाको रुन्टीगढी–४ का वडाध्यक्षको निधन

बुधबार, २७ असार २०८०, १६ : ४८
बुधबार, २७ असार २०८०

बुटवल । रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष टंकबहादुर पुनको आज  निधन भएको छ ।

मङ्गलवार एक्कासी बिरामी भएका वडाध्यक्ष पुनलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ ल्याइएको थियो ।३७ वर्षीय पुनको उपचारका क्रममा बुधवार ज्यान गएको अस्पतालले जनाएको छ । 

सामान्य बिरामी भएका पुनले स्थानीय स्वास्थ्य संस्थामा उपचार गराई औषधी सेवन गरिरहेका परिवारले जनाएको छ । पुन गएको पालिका चुनावमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप