सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

सातौं प्रधानमन्त्री कप : त्रिभुवन आर्मी विजयी

बुधबार, २७ असार २०८०, १९ : ३३
बुधबार, २७ असार २०८०

काठमाडौँ । त्रिभुवन आर्मी क्लबले एपिएफमाथि ३–२ को सेटमा रोमाञ्चक जित निकाल्दै जारी सातौं प्रधानमन्त्री कप भलिबल लिगमा पुरुषतर्फm फाइनलको सम्भावना बलियो बनाएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार आर्मीले दुई पटक सेटमा पछि परेको अवस्थालाई उल्ट्याउँदै विभागीय प्रतिद्वन्द्वी एपिएफमाथि रोमाञ्चक जित निकालेको हो । 

पहिलो सेट एपिएफले २५–१८ ले बनाएपनि दोस्रो सेट भने आर्मी २५–१६ ले जित्यो । एपिएफले फेरि तेस्रो सेट २६–२४ ले  बनाउँदै अग्रता लियो । यद्यपि, निकै रोमाञ्चक बनेको तेस्रो सेटमा आर्मीले २८–२६ ले सफलता पायो । एपिएफले एक पटक म्याच पोइन्टको अवसर पाए पनि सदुपयोग गर्न सकेन । उल्टै आर्मीले त्यसको फाइदा उठायो ।

प्रतिष्पर्धात्मक बनेको पाँचौं तथा निर्णायक सेट आर्मीले १७–१५ ले सफलता निकाल्दै महत्वपूर्ण दुई अंक बटुल्यो । लगातार चौथो सफलतासँगै आर्मीले चार खेलबाट ११ अंक बटुलेको छ । समान खेलबाट एपिएफ १० अंकसहित तेस्रो स्थानमा छ । चार नै खेल खेलेको पुलिसको ९ अंक छ । पुलिसले बुधवार नै उपाधि दाबेदारका रूपमा हेरिएको टिपटप हेल्प नेपाल क्लबसँग ३–२ ले हार व्यहोरेपछि दोस्रो स्थानमा उक्लिने अवसर गुमाउन पुग्यो । यता, जितपछि भने हेल्प नेपाल चार खेलबाट ११ अंक बटुल्दै शीर्ष स्थानमा यथावत छ ।

सात क्लब सम्मिलित लिगमा शीर्ष दुई स्थानमा रहने टोली फाइनलमा पुग्नेछन् । बुधबार हेल्प नेपालले निकै रोमाञ्चक बनेको खेलमा बलियो टोली पुलिसमाथि २५–२०, २०–२५, ३०–२८, १८–२५ र २४–२२ को सेटमा सफलता निकाल्दै फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको हो । बिहीबार आर्मीले पुलिसविरुद्ध र हेल्प नेपालले एपिएफसँग खेल्नेछ । यी खेलमा जित निकाले आर्मी र हेल्प नेपाल फाइनलमा पुग्नेछ । पुरुषकै अर्को खेलमा सैलुङ बाघढुङ्गा स्पोटर््स क्लबले दावाँली मिलन क्लबलाई ३–२ को सेटमा हरायो ।

सैलुङले दावाँलीलाई २५–१९, १४–२५, २२–२५, २५–२१ र १५–१३ ले पराजित ग¥यो । यो सफलतासँगै सैलुङले दुई अंक जोड्यो । यी दुवै टोलीको फाइनल पुग्ने सम्भावना यसअघि नै समाप्त भइसकेको छ । महिलातर्फm बुधबार भएको खेलमा पुलिसले अन्तिम सेटमा उत्कृष्ट पुनरागमन गर्दै विभागीय प्रतिद्वन्द्वी एपिएफमाथि ३–० को सोझो सेटमा सफलता निकाल्दै फाइनलमा स्थान बनाएको छ । तेस्रो सेटको शुरुवातदेखि नै ८–२ ले पछि परेको थियो । यो सेटमा लगातार दबाब बनाएको एपिएफ २४–२१ को अग्रतासहित म्याच पोइन्टनजिक पुगे पनि सफलता पाउन भने सकेन । उक्त सेटमा पुलिसले एपिएफलाई २५–१६, २५–१५ र २६–२४ ले हराउँदै फाइनलमा स्थान बनायो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप