एयर इन्डियाको विमानभित्र एक नेपालीले चुरोट खाएर शौचालयको ढोका फुटाइदिएपछि...
एक नेपाली नागरिकविरुद्ध एयर इन्डियाका कर्मचारीले उजुरी दर्ता गरेका छन् । सोमबार टोरोन्टोबाट एयर इन्डियाको विमान फ्लाइट ए–१८८ मा नयाँ दिल्ली जाने क्रममा क्याबिन क्रुका सदस्यमाथि दुर्व्यवहार गरेको र विमानको ढोका फुटाइदिएको आरोपमा उनीविरद्ध उजुरी दर्ता भएको हो ।
क्याबिन क्रुका सदस्य तथा उजुरीकर्ता आदित्य कुमारका अनुसार नेपालका महेश सिंह पण्डितले २६ ई बाट २६ एफमा सिट परिवर्तन गरे र इकोनोमी क्लासका चालक दलका सदस्यमाथि दुर्व्यवहार गर्न थाले ।
‘त्यसैले हामीले पाइलट इन कमान्डलाई यसबारे जानकारी दियौँ र चेतावनी दियौँ । तर खाना खान दिएपछि हामीले ५ए–आईआरबाट ल्याभेटोरी स्मोक अलार्म पायौँ । त्यसैले हामीले ढोका खोल्यौँ र उनलाई चुरोट, लाइटरसहित भेट्टायौँ । त्यहाँ धुवा पनि थियो,’ एफआइआरमा भनिएको छ ।
‘ती यात्रीले मलाई धकेले र उनी आफ्नो सिट २६ एफतर्फ दौडिए । हामीले उनलाई आर थ्री डोरमा रोक्न सक्यौँ । त्यसपछि उनले मलाई पुनः धकेले र दुर्व्यवहार गरे । उनले थ्री एफ–आरसी ल्याभेटोरी डोर (शौचालयको ढोका) पनि भाँचिदिए । मैले क्याप्टेनलाई यसबारे तत्काल जानकारी दिएँ । क्याप्टेनको निर्देशनमा मैले र अर्का क्याबिन क्रु पुनीत शर्माले उनलाई रोक्ने प्रयास गर्याैँ,’ उक्त उजुरीमा भनिएको छ ।
Delhi: Nepal national abuses cabin crew member onboard, breaks lavatory door, case registered
— ANI Digital (@ani_digital) July 11, 2023
Read @ANI Story | https://t.co/n7qRnjAqGH#Delhi #Nepal #AirIndia #cabincrew pic.twitter.com/ysjIUQR3lk
‘यद्यपि, हामी दुई जनाले उनलाई रोक्न सकेनौँ र अन्य यात्रीको सहयोग माग्यौ । अन्य १० जना यात्रीको सहयोगमा मात्रै हामीले उनलाई रोक्न सफल भयौँ । उनी रोकिए पनि उनको व्यवहारमा खासै परिवर्तन आएको थिएन । त्यसपछि मैले पुनीतलाई स्थिति सम्हाल्न भन्दै फस्ट क्लासमा गएँ,’ एफआइआरमा भनिएको छ ।
‘ती यात्रुले अन्य यात्रुलाई पनि आक्रमण गर्न खोजिरहेका थिए भनेर पुनीतले मलाई जानकारी दिए । जाँच गर्दा मैले धेरै यात्रुहरू उनको कारणले रोएको थाहा पाएँ । त्यसैले मैले इकोनोमी क्लासमा कुनै सिट नभएका कारण बच्चा भएका यात्रुलाई बिजनेस क्लासमा सार्ने निर्णय गरेँ,’ आदित्यले आफ्नो उजुरीमा भने ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानकाे फुकुशिमामा आणविक प्रदूषित फोहोर पानी निष्कासन कार्य सुरु
-
पूर्व विद्यार्थी समाजद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई बधाई तथा स्वागत
-
इप्पानको महासचिव पदका उम्मेदवार आचार्यः व्यावसायिक दक्षता र नेतृत्वको सम्भावना
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
पार्टी सञ्चालन शैलीप्रति झलनाथ असन्तुष्ट, प्रचण्डलाई बुझाए ध्यानाकर्षण पत्र
-
सुकुमबासी राखिएको हाेल्डिङ्ग सेन्टर पुगे गृहमन्त्री, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण