सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

मधेस प्रदेशमा निजामती किताबखाना संचालन

बिहीबार, २८ असार २०८०, १५ : २९
बिहीबार, २८ असार २०८०

जनकपुरधाम । मधेस प्रदेशमा वैयक्तिक सूचना प्रणाली (पीआइएस) पोर्टल संचालनमा आउने भएको छ । मुख्यमन्त्री सरोज कुमार यादवको अध्यक्षतामा बिहीबार जनकपुरधाममा आयोजित एक समारोहका बीच मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय किताबखाना (निजामती) ललितपुरबीच सम्झौता भएको हो ।

राष्ट्रिय किताबखाना (निजामती) ले सो अवसरमा प्रदेश निजामती किताबखानालाई वैयक्तिक सूचना प्रणाली(पीआइएस) को यूजर आइडी तथा पासवर्ड हस्तान्तरण गरेको छ ।

कार्यक्रममा प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रशासनिक संघीयता कार्यान्वयनमा प्रदेश निजामती किताबखाना संचालनले टेवा पुग्ने विश्वास व्यक्त गरे ।

'कर्मचारीलाई व्यवस्थापनको लागि काठमाडौँ धाइराख्नुपर्ने बाध्यता समेत यसले हटेर जान्छ', प्रदेश प्रमुख मिश्रले भने,'कर्मचारीले यस प्रकारको सुविधा अव प्रदेशबाटै लिन पाउने छन् ।'

मुख्यमन्त्री यादवले निजामती कर्मचारी ऐन, प्रहरी ऐन र लोकसेवा सम्बन्धी ऐन ल्याउँदा काठमाडौँमा पराकम्प गएको बताए ।

'संघीय सरकारले २० वर्षसम्म निजामती कर्मचारी ऐन नल्याए, प्रदेश सरकारले कुरेर बस्न सक्दैन', उनले भन,'प्रदेश सरकारले आफ्नो अधिकारको प्रयोग गरेर अघि बढ्छ ।' 

मुख्यमन्त्री यादवले साउनदेखि प्रदेश किताबखाना संचालनमा ल्याउने निर्णय गरेको भएपनि सो अगावै स्मरण भएको बताए । 

प्रादेश लोकसेवा आयोगका अध्यक्ष सुरेन्द्र यादव, नीति आयोगका उपाध्यक्ष नाथु प्रसाद चौधरी, मुख्य न्यायाधिवक्ता विरेन्द्र ठाकुर लगायतले आफ्नो धारणा राखेका थिए ।

सम्झौतामा मधेस प्रदेश सरकारको तर्पmबाट निमित्त प्रमुख सचिव किशोर कुमार चौधरी र राष्ट्रिय किताबखाना(निजामती) का उपमहानिर्देशक सुशीला अर्यालले हस्ताक्षर गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप