असार मसान्तमा मधेस सरकारको बुलेट ट्रेनको गति !
जनकपुरधाम । २९ पुस २०७९ मा मधेस प्रदेश सरकारको नेतृत्व लिए मुख्यमन्त्री सरोजकुमार यादवले । माघ २१ गते मधेस प्रदेश सरकारको पाँचौ वार्षिकोत्सव समारोहमा उनको अभिव्यक्ति थियो, ‘प्रदेश सरकारको काम बुलेट ट्रेनभन्दा बढी स्पिडमा हुनेछ ।’
अन्ततः असारमा त्यो स्पिड देखियो । मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० को विनियोजन गरेको कुल बजेटको ३१.२९ प्रतिशत बजेट आर्थिक वर्षको अन्तिम महिना जेठ मसान्तसम्म खर्च गरेको थियो । असारसम्म खर्चको प्रतिशतलाई ५७.४१ पुर्यायो ।
असारमा २४ गतेसम्म आर्थिक कारोबार भएकोमा २६.१२ प्रतिशत बजेट खर्च गरेको छ । यो असार मसान्तमा भएको खर्च ११ महिनामा सरकारले गरेको खर्चको हाराहारीमा पुगेको छ ।
त्यसो त पछिल्लो आर्थिक वर्ष भन्दा यस आर्थिक वर्षमा सरकारले ७ प्रतिशत कम बजेट खर्च गरेको छ ।

आर्थिक वर्ष २०७८/०७९ मा कुल बजेटको ६४.०४ प्रतिशत बजेट खर्च भएको मधेस प्रदेशको प्रदेश कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।
प्रदेश सरकारले २०७९/०८० को लागि ४७ अर्ब २ करोड ४१ लाख ५२ हजार १ सय १७ रुपैयाँ विनियोजन गरेकोमा २७ अर्ब २४ लाख १२ हजार ८८५ रुपैयाँ खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी मनोजकुमार झाले जनाए ।
प्रदेश सरकारले गरेको खर्चमध्ये चालुतर्फ १० अर्ब ७७ करोड ७६ लाख १२ हजार २४० रुपैयाँ अर्थात् ५१.९४ प्रतिशत र पुँजीगततर्फ १६ अर्ब २२ करोड ४७ लाख ९९ हजार ६४४ रुपैयाँ खर्च गरेको सूचना अधिकारी झाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण