सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

असार मसान्तमा मधेस सरकारको बुलेट ट्रेनको गति !

बिहीबार, २८ असार २०८०, १६ : ३३
बिहीबार, २८ असार २०८०

जनकपुरधाम । २९ पुस २०७९ मा मधेस प्रदेश सरकारको नेतृत्व लिए मुख्यमन्त्री सरोजकुमार यादवले । माघ २१ गते मधेस प्रदेश सरकारको पाँचौ वार्षिकोत्सव समारोहमा उनको अभिव्यक्ति थियो, ‘प्रदेश सरकारको काम बुलेट ट्रेनभन्दा बढी स्पिडमा हुनेछ ।’ 

अन्ततः असारमा त्यो स्पिड देखियो । मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० को विनियोजन गरेको कुल बजेटको ३१.२९ प्रतिशत बजेट आर्थिक वर्षको अन्तिम महिना जेठ मसान्तसम्म खर्च गरेको थियो । असारसम्म खर्चको प्रतिशतलाई ५७.४१ पुर्‍यायो । 

असारमा २४ गतेसम्म आर्थिक कारोबार भएकोमा २६.१२ प्रतिशत बजेट खर्च गरेको छ । यो असार मसान्तमा भएको खर्च ११ महिनामा सरकारले गरेको खर्चको हाराहारीमा पुगेको छ । 

त्यसो त पछिल्लो आर्थिक वर्ष भन्दा यस आर्थिक वर्षमा सरकारले ७ प्रतिशत कम बजेट खर्च गरेको छ ।

asar ma

आर्थिक वर्ष २०७८/०७९ मा कुल बजेटको ६४.०४ प्रतिशत बजेट खर्च भएको मधेस प्रदेशको प्रदेश कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

प्रदेश सरकारले २०७९/०८० को लागि ४७ अर्ब २ करोड ४१ लाख ५२ हजार १ सय १७ रुपैयाँ विनियोजन गरेकोमा २७ अर्ब २४ लाख १२ हजार ८८५ रुपैयाँ खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी मनोजकुमार झाले जनाए ।

प्रदेश सरकारले गरेको खर्चमध्ये चालुतर्फ १० अर्ब ७७ करोड ७६ लाख १२ हजार २४० रुपैयाँ अर्थात् ५१.९४ प्रतिशत र पुँजीगततर्फ १६ अर्ब २२ करोड ४७ लाख ९९ हजार ६४४ रुपैयाँ खर्च गरेको सूचना अधिकारी झाले बताए ।

11 mahina samma

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप