१८ जिल्लामा ३१ सय २४ जग्गाधनी पूर्जा वितरण गरियो
काठमाडौँ । राष्ट्रिय भूमि आयोगले १८ जिल्लाका ३ हजार १ सय २४ परिवारलाई जग्गाधनी पूर्जा वितरण गरेको छ ।
बिहीबार सिंहदरबारस्थित कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा उपस्थित भएका भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव डा.दामोदर रेग्मीले यसबारे जानकारी दिएका हुन ।
हालसम्म ५७० भूमिहीन दलित परिवार, ४ सय ८ जना भूमिहीन परिवार र १७८ अव्यवस्थित बसोबासीलाई जग्गाधनी पूर्जा वितरण गरिएको हो ।
अव्यवस्थित बसोबासीले प्राप्त जग्गाको २५ प्रतिशत राजस्व तिर्दा ३५ करोड २२ लाख राजस्व उठेको छ ।
देशमा झन्डै १५ लाख जति सुकुम्वासी, भूमिहीन जनता रहेको अनुमान रहेको सचिव रेग्मीले बताए । हालसम्म कम्प्युटर सिष्टममा ९ लाख जतिको डाटा संकलन भइसकेको उनले बताए । भूमि आयोगले गरेको काम उत्साह जनक रहेपनि राजनीतिक नियुक्ति, बजेटको अभाव जस्ता समस्याका कारण छिटो छरितो ढंगले काम हुन नसकेको सचिव रेग्मीले बताए ।
बैठकमा सांसदहरुले के मापदण्डका आधारमा १५ लाख भूमिहीन सुकुम्बासीको आंकडा तय गरेको हो सो को वितरण समितिमा बुझाउन सचिव रेग्मीलाई आग्रह गरेका थिए । साथै सहकारी संस्थाहरुमा समस्या देखिएको भन्दै समाधानका लागि काम गर्न सांसदहरुले अनुरोध गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण