बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

१८ जिल्लामा ३१ सय २४ जग्गाधनी पूर्जा वितरण गरियो

बिहीबार, २८ असार २०८०, १८ : २८
बिहीबार, २८ असार २०८०

काठमाडौँ । राष्ट्रिय भूमि आयोगले १८ जिल्लाका ३ हजार १ सय २४ परिवारलाई जग्गाधनी पूर्जा वितरण गरेको छ । 

बिहीबार सिंहदरबारस्थित कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा उपस्थित भएका भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव डा.दामोदर रेग्मीले यसबारे जानकारी दिएका हुन । 

हालसम्म ५७० भूमिहीन दलित परिवार, ४ सय ८ जना भूमिहीन परिवार र १७८ अव्यवस्थित बसोबासीलाई जग्गाधनी पूर्जा वितरण गरिएको हो । 

अव्यवस्थित बसोबासीले प्राप्त जग्गाको २५ प्रतिशत राजस्व तिर्दा ३५ करोड २२ लाख राजस्व उठेको छ ।

देशमा झन्डै १५ लाख जति सुकुम्वासी, भूमिहीन जनता रहेको अनुमान रहेको सचिव रेग्मीले बताए । हालसम्म कम्प्युटर सिष्टममा ९ लाख जतिको डाटा संकलन भइसकेको उनले बताए । भूमि आयोगले गरेको काम उत्साह जनक रहेपनि राजनीतिक नियुक्ति, बजेटको अभाव जस्ता समस्याका कारण छिटो छरितो ढंगले काम हुन नसकेको सचिव रेग्मीले बताए । 

बैठकमा सांसदहरुले के मापदण्डका आधारमा १५ लाख भूमिहीन सुकुम्बासीको आंकडा तय गरेको हो सो को वितरण समितिमा बुझाउन सचिव रेग्मीलाई आग्रह गरेका थिए । साथै सहकारी संस्थाहरुमा समस्या देखिएको भन्दै समाधानका लागि काम गर्न सांसदहरुले अनुरोध गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप