देशमा अझैपनि भोकमरी छ : केपी ओली
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशमा अहिले पनि भोकमरीको अवस्था रहेको बताएका छन् ।
शुक्रबार मानवअधिकार एलाइन्सले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले मानवअधिकारका निम्ति अझै प्रयास गर्नुपर्ने अवस्था रहेको बताए ।
‘हामी सबैले सरकारलाई भन्नुपर्नेछ– निरपेक्ष गरिबिको रेखामुनि अहिलेपनि ठुलो प्रतिशत जनसंख्या छ’, अध्यक्ष ओलीले भने, ‘अहिले पनि देशमा भोकमरी छ । खान नपाएर भोकै मर्ने स्थिति छ यो राज्यले स्वीकार गरेको पनि छ ।’ उनले मानव भएर बाच्न पाउने आधारभूत अधिकार नै प्राप्त हुननसकेको भन्दै मानवअधिकारको जग नै कमजोर रहेको बताए ।
‘जीवन सुरक्षित जिउने कुरामा सम्मानित भएर बाँच्न पाउने अधिकारका लागि हामीले कम्प्रिहेन्सिप डेमोक्रेसी भनेका हौ’, ओलीको भनाइ छ ।
उनले मानवअधिकारको हनन राज्यबाटै हुने गरेको भन्दै सरकारले साइनबोर्ड र प्रणालीमा मात्रै लोकतन्त्र भनेर नहुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
वार्षिक १३ अर्ब खर्च हुँदा पनि प्रभावहीन बनेका तालिम रोक्न मन्त्रालयले स्थानीय तहलाई पत्राचार गर्ने
-
बागमती सरकारबाट एमालेका मन्त्रीले राजीनामा दिने
-
शिक्षामन्त्रीसँग जापानी राजदूतको शिष्टाचार भेटवार्ता
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण