बागलुङमा एक पुरुषको शव फेला
शनिबार, ३० असार २०८०, १३ : ३२
ढोरपाटन । बागलुङमा एक पुरुषको शव फेला परेको छ । गलकोट नगरपालिका–५ भैँसेस्थित खरबारीमा ताराखोला गाउँपालिका–५ सानो हिलेका ४० वर्षीय झलिराम पुन मगरको शव फेला परेको इलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ । प्रहरीका अनुसार आज बिहान ८ बजे खरबारीको बाटो नजिकै स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक पुन श्रीमतीसँगै गलकोट नगरपालिका–३ हटियामा डेरा गरी बस्दै आएका थिए ।
पुन मगरले मदिरा सेवन गरेर भिरबाट लडेको हुनसक्ने आशङ्का गरिएको गलकोट नगरपालिका–५ का वडाअध्यक्ष पवन हमालले बताए । प्रहरी र स्थानीयको रोहवरमा शवपरीक्षणका लागि गलकोट नगर अस्पतालमा लगिएको अध्यक्ष हमालले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण