आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

बागलुङमा एक पुरुषको शव फेला

शनिबार, ३० असार २०८०, १३ : ३२
शनिबार, ३० असार २०८०

ढोरपाटन । बागलुङमा एक पुरुषको शव फेला परेको छ । गलकोट नगरपालिका–५ भैँसेस्थित खरबारीमा ताराखोला गाउँपालिका–५ सानो हिलेका ४० वर्षीय झलिराम पुन मगरको शव फेला परेको इलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ । प्रहरीका अनुसार आज बिहान ८ बजे खरबारीको बाटो नजिकै स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक पुन श्रीमतीसँगै गलकोट नगरपालिका–३ हटियामा डेरा गरी बस्दै आएका थिए ।

पुन मगरले मदिरा सेवन गरेर भिरबाट लडेको हुनसक्ने आशङ्का गरिएको गलकोट नगरपालिका–५ का वडाअध्यक्ष पवन हमालले बताए । प्रहरी र स्थानीयको रोहवरमा शवपरीक्षणका लागि गलकोट नगर अस्पतालमा लगिएको अध्यक्ष हमालले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप