कोशी प्रदेश सरकार भङ्ग गरी नयाँ सरकार गठनको प्रक्रिया आरम्भ गर्न एमालेको माग

काठमाडौँ । नेकपा एमालेले कोशी प्रदेशको नयाँ सरकार भङ्ग गरेर नयाँ सरकार गठन गर्न माग गरेको छ । शनिबार बसेको एमाले सचिवालय बैठकले विभिन्न ६ प्रस्ताव पारित गर्दै यस्तो माग गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका हुन् ।
‘वर्तमान सत्ता गठबन्धन संविधानको उल्लंघन गर्ने, संवैधानिक संस्थाहरूमा हस्तक्षेप गर्ने, तिनीहरूलाई विवादित र निष्प्रभावी बनाउने तथा लोकतन्त्रलाई जगैदेखि खलबल्याउने काममा उद्यत छ । कोशी प्रदेशमा सत्ता गठबन्धनबाट गरिएको संविधानविरोधी क्रियाकलाप यस शृङ्खलाको पछिल्लो कडीका रूपमा रहेको छ’, एमाले सचिवालय बैठकले पारित गरेको पहिलो प्रस्तावमा भनिएको छ ।
एमालेले संविधानले कहीँ पनि सभामुखको पक्षधरताको परिकल्पना नगरेको भन्दै सभामुख दलीय आबद्धताबाट अलग हुनुपर्ने भए पनि कोशीमा सरकार गठन र हटाउने सन्दर्भमा सभामुख स्वयं संलग्न हुनु संसदीय अभ्यासमाथिको हस्तक्षेप भनेको छ ।
‘अवैधानिक ढङ्गले गठन गरिएको कोशी प्रदेश सरकार भङ्ग गरी सरकार गठनको संविधानसम्मत प्रक्रिया तत्काल आरम्भ गर्न माग गर्दछ’, एमालेको ६ बुँदे प्रस्तावको पहिलो नम्बरमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानद्वारा इरानसँगको सीमा बन्द
-
अमेरिकी हतियार किन्ने विषयमा राष्ट्रपति ट्रम्पसँग छलफल गरिन्छ : जेलेन्स्की
-
जसपा नेपालको लिम्बुवान राष्ट्रिय समितिको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित
-
पच्चीस चलचित्र निर्मातालाई सम्मान गरिने
-
वर्षायाममा पनि काठमाडौँमा मेलम्चीको पानी वितरण हुने
-
समाजवाद प्राप्त गर्न अझै वर्ग सङ्घर्ष आवश्यक : पूर्वउपराष्ट्रपति पुन