लुम्बिनी प्रदेशमा सर्पको टोकाइबाट ३ सय बढी प्रभावित
बुटवल । लुम्बिनी प्रदेशमा साउनदेखि जेठ महिनाको मसान्तसम्म ३१७ जनालाई सर्पले टोकेको छ, जसबाट २५जनाको मृत्यु भएको छ । लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये तराईका जिल्लाहरू रुपन्देही,नवलपरासी,कपिलवस्तु,बर्दिया,बाँकेमा सर्पको टोकाइउच्च छ । पहाडी तीन जिल्लागुल्मी,अर्घाखाँची,रुकुम पूर्व जिल्लामा भने यो आर्थिक वर्षदेखि अहिलेसम्म सर्पले टोकाइका बिरामी अस्पताल नआएको लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय जनाएको छ ।
पाल्पामा ३३ जना,रोल्पामा ७ जना,प्युठानमा १ जनालाई सर्पले टोकेकोमा उपचार पछि निको भएका छन् । पश्चिम नवलपरासीमा तीन जनालाई टोकेकोमा एक जनाको मृत्यु भएको छ ।
लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै सर्पको टोकाइबाट मृत्यु भएको जिल्ला रुपन्देही हो, जहाँ ११३ जनालाई सर्पको टोकेकोमा ११ जनाको मृत्यु भएको छ ।यस्तै, कपिलवस्तुमा १५जनालाई टोकेकोमा ३ जनाको मृत्यु भएको जनाइएको छ ।
दाङमा ४२ जनालाई टोक्दा १ जनाको मृत्यु भएको छ भने बाँकेमा ९८ जनालाई टोक्दा ८ जनाको मृत्यु भएको छ । बर्दियामा ८जनालाई टोक्दा १ जनाको मृत्यु भएको लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालये जनाएको छ ।
बाटोमै धेरैको मृत्यु
लुम्बिनी प्रदेशमा अहिले १४ वटा सर्प दंश उपचार केन्द्र रहेका छन् । ३ वटा नेपाली सेना र अन्य स्वास्थ्य मन्त्रालयले आफ्ना अस्पताललाई सर्प दंशको उपचारको केन्द्रको रूपमा खडा गरेको छ ।तर सर्पदंशका उपचार केन्द्रहरू भए पनि अझै घरमै या उपचारको लागि अस्पताल ल्याउँदै गर्दा मृत्यु हुने संख्या धेरै देखिएको छ ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका प्राविधिक खिमलाल पाण्डेका अनुसारसाउनदेखि जेठ मसान्तसम्म सर्पको टोकाइबाट २५ जनामध्ये १३ जनाको अस्पताल नल्याउँदै बाटोमै मृत्यु भएको छ ।
रुपन्देहीमा सर्पले टोकेर मृत्यु भएका ११ जनामध्ये ४ जनाको अस्पताल ल्याउन नपाउँदै मृत्यु भयो ।बाँकेमा ८ जना मध्ये ५ जनाको,कपिलवस्तुमा ३ जनामध्ये २ जनाको, नवलपरासीमा ३ जनामध्ये १ जनाको बाटोमा मृत्यु भयो ।
निर्देशनालयका प्राविधिक खिमलाल पाण्डेले धेरै बालबालिका र पिछडिएको वर्गलाई सर्पको टोकाइको लक्षण थाहा नहुने अर्कोतिर सर्पदंश उपचार केन्द्र पुर्याउन ढिलाइ गर्दा मृत्यु भएको बताए।ढिलो उपचार गर्दा सर्पको विष शरीरमा अन्य भागमा पुगेर मृत्यु हुने सम्भावना धेरै हुन्छ ।

कपिलवस्तु सर्पदंश उपचार केन्द्रका व्यवस्थापक नवीन भण्डारीका अनुसार पछिल्लो समय सर्पले टोकेको भन्ने थाहा नहुँदा पनि मर्ने क्रम बढेको छ ।
लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा .पुष्पराज पौडेलले सर्पदंशका कारण हुने मृत्यु घटना रोक्न प्रदेशमा रहेका सर्पदंश उपचार केन्द्रमा भ्याक्सिन, दक्ष जनशक्ति लगायतको व्यवस्था गरिएको बताए। उनले दर्शको टोकाईबाट बच्नको लागि सचेतनामूलककार्य पनि गरिएको जनाए ।
_aqEIMp6wkG.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारको जनलोकपाल आयोगद्वारा १५ मुद्दा फैसला
-
समस्याग्रस्त सहकारीका ४८ बचतकर्ताले पाए १२ लाख बचत फिर्ता
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण