सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको स्थिर
काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअुनसार गत साताको शुक्रबारको तुलनामा आज मूल्य घटेर सुन कारोबार भइरहेको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ कायम थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ कायम थियो । जुन, आज तोलामा ३०० रुपैयाँको गिरावटपछि कारोबारमा आएको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६५० रुपैयाँ कायम छ । गत साताको शुक्रबार सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेर कारोबारमा आएको थियो । यस्तै, आज चाँदीको मूल्य भने स्थिर कायम छ महासंघले गत साताको शुक्रबारको तुलनामा आज मूल्य स्थिर रहेको जनाएको हो । यससँगै, आज चाँदीको मूल्य प्रतितोला १४ सय ८० रुपैयाँ कायम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
-
एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने
-
चार दिन संसद् बैठकमा उपस्थित हुँदा प्रधानमन्त्री बालेन तीन विवादमा
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण