महाबचत बजार अभियानका लागि दराज र कृषि विकास बैंकबीच सम्झौता
काठमाडौँ । कृषि विकास बैंकले नेपालको अग्रणी अनलाइन ईकमर्स प्लेटफर्म दराज नेपालले महाबचत बजार अभियानको लागि विभिन्न प्रकारका छुट सेवाहरू उपलब्ध गराउन दराज नेपालसँग सम्झौता गरेको छ ।
दराज नेपाल अनलाईन ईकमर्स प्लेटफर्म हो । सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका प्रमुख संचालन अधिकृत, प्रताप सुबेदी र दराजका हेड अफ पेमेन्ट, अरुण फुयाँलले हस्ताक्षर गरेका छन्।
दराज अनलाइन प्लेटफर्ममा ग्राहकहरुका लागि उपभोग्य सामाग्री जस्तै खाद्य सामाग्री, मसलाजन्य, ईलेक्ट्रिकल लगायत त्यसमा उपलब्ध सम्पूर्ण सामानहरु खरिदमा कृषि विकास बैंकको कार्ड प्रयोग गर्दा ग्राहकले उल्लेख्य छुट पाउनेछन् ।
सम्झौता बमोजिम महाबचत बजार अभियानमा ग्राहकहरूले अब प्रि-पेमेन्टमा १०% अधिकतम रु. १००० बराबरको छुट पाउन सक्नेछन् । त्यसैगरी, दराजबाट खरिद गर्दा उनीहरुले अब १५% अधिकतम रु. १५०० को पनि छुट पाउनेछन्। ग्राहकहरूले तोकिएको छुटहरुको लाभ लिनको लागि आफ्नो बैंक कार्डमा ई-कम सेवा सकृय गर्नुपर्नेछ । कृषि विकास बैंक र दराजबीच भएको यस सम्झौताले दुबै पक्षका ग्राहकहरूलाई महाबचत बजारमा छुटको भरपुर लाभ लिन सहज बनाने बताइएको छ ।
उक्त छुट योजना २० देखि ३० जुलाई]सम्म उपलब्ध हुने बैंकले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
-
पुष्पलालका योगदान आज पनि उत्तिकै प्रेरणादायी छन् : माधव नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण