कक्षा ११ को भर्नामा मनपरी शुल्क उठाएको भन्दै अनेरास्ववियुले अनुगमन गर्ने
काठमाडौँ । एमाले निकट अनेरास्ववियुले काठमाडौँ महानगरपालिका लगायत देशभरका नीजि माध्यमिक विद्यालयले कक्षा ११ मा भर्ना हुने विद्यार्थीहरुबाट मनपरी रुपमा चर्को शुल्क असुल गरिरहेको भन्ने गुनासोहरु आएकाले अनुगमन गर्ने जनाएको छ ।
अध्यक्ष समिक बडालले सोमबार विज्ञप्ति जारी गर्दै काठमाडौँ महानगरसहित देशभरका कलेजहरुले के कति शुल्क उठाइएको र छात्रवृत्तिको छनोट के कसरी भैरहेको छ भन्ने कुरको जानकारी लिन र खबरदारी गर्न अनुगमन संयन्त्र परिचालन गर्ने घोषणा गरेका हुन् ।
‘स्थानीय सरकारको कार्यक्षेत्रभित्र पर्ने माध्यमिक विधालयको शुल्क निर्धारण र छात्रवृत्ति वितरणमा स्थानीय सरकारहरुले पर्याप्त पहलकदमी नलिँदा अहिले अभिभावकहरु “शैक्षिक लुट”को शिकार भैरहेका छन’, अध्यक्ष बडालले भनेका छन् ।
साथै अनेरास्ववियुले अहिले देखिएको शैक्षिक लुटको बिरुद्द गम्भीर कदम चाल्न, नीजि शैक्षिक संस्थाले लिन पाउने अधिकतम शुल्कको सिमा तोक्न, छात्रवृत्तिलाई पारदर्शी बनाउदै कम्तिमा २० प्रतिशत विद्यार्थीहरुलाइ अनिवार्य छात्रवृत्तिको व्यबस्था गर्न, छात्रवृति छनोट निष्पक्ष गर्न नेपाल सरकार तथा सबै स्थानिय सरकार प्रमुखहरुसँग माग गरेको छ ।
अन्यथा, बेथितीको विरुद्द निर्णायक आन्दोलनमा उत्रने चेतावनी अनेरास्ववियुले दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण