आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

आकाश र करुणा अभिनित ‘माया धोका’ सार्वजनिक

सोमबार, ०१ साउन २०८०

काठमाडौंँ । पछिल्लो समयका लोकप्रिय जोडी अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री करुणा श्रेष्ठ अभिनित म्युजिक भिडियो ‘माया धोका’ सार्वजनिक भएको छ । प्रेम र धोका देखाउन खोजिएको भिडियो प्रहिल कार्कीले निर्देशन गरेका हुन् ।  
सिडी विजय अधिकारीको स्वर तथा संगीत रहेको गीतमा  रमेश लुइँटेलको शब्द छ । भिडियो भने उत्तम हुमागाईले  छायांकन र माधव बेलबासेको सम्पादन गरेका हुन् । भिडियो नेपाली मेलोडिज च्यानल मार्फत सार्वजनिक भएको हो ।

गीतकार रमेश लामो समयदेखि अमेरिकामा बस्दै आएका छन् । परदेशमा रहेर पनि नेपाली गीत लेखनमा निकै सक्रिय उनको यस अगाडि पनि थुप्रै गीत बाहिर आएका छन् । 
  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया