अभिनेता सारुकको चिरशान्तिका लागि दीप प्रज्वलन गरिने
काठमाडौंँ । गत असार २१ गते आफ्नै घरमा मृत भेटिएका अभिनेता सारुक ताम्राकारको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गरिने भएको छ । उनको निधन भएको १४ औं दिनमा बुधवार बौद्धस्थित बौद्ध स्तुपामा दीप प्रज्वलन गर्न लागिएको हो ।
सारुकको सम्झनामा हुन लागेको दीप प्रज्वलनको अभिनेत्री सृष्टि श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन् । उनले भनेकी छन्, ‘हामी मक्खन बत्ती र मैनबत्तीहरू प्रज्वलन गर्नेछौं । शान्तिको क्षेत्रमा सारुकको यात्रा ज्योतिको प्रतिक हुनेछ ।’
उनले सबैलाई सामूहिक रुपमा सहभागी भएर सारुकको शान्ति यात्रामा शुभकामना पठाउन अनुरोध समेत गरेकी छन् ।
साँझ ६ बजेदेखि ७ बजेसम्म गरिने दीप प्रज्वलनमा कलाकर्मीको सहभागिता रहने जनाइएको छ । सारुकको आत्महत्याको बिषयमा उचित छानबिनका लागि लागि बिभिन्न कलाकारले सामाजिक सञ्जालबाट माग गरिरहेका छन् । प्रहरीले सारुकले आत्महत्या गर्नुको कारण पत्ता लगाउन उनको मोबाइल जाँचबुझदेखि अन्य अनुसन्धान गरिरहेको छ ।
दयाराम दाहाल निर्देशित फिल्म ‘रानी’ बाट अभिनय यात्रा सुरु गरेका सारुक पछिल्लो समय ‘ह्यासट्याग माया’को सुटिङ गरिरहेका थिए । मृत भेटिएको दिन पनि उनी सुटिङबाटै फर्किएका थिए । उनी अभिनित फिल्म ‘लण्डन टु पेरिस’ प्रदर्शनमा आउन बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण