व्यवसायीको दबाबमा श्रम मन्त्रालयले बढायो स्वास्थ्य परीक्षणको शुल्क
काठमाडौँ । वैदेशिक रोजगारीमा जाने श्रमिकको लागि गर्नुपर्ने स्वास्थ्य परीक्षणको शुल्क बढेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रिस्तरीय निर्णयबाट स्वास्थ्य परीक्षण शुल्क बढाएको हो ।
आइतबार श्रममन्त्री शरतसिंह भण्डारीले मन्त्रिस्तरीय निर्णय गर्दै शुल्क बढाएका हुन् । मन्त्रालयले भने शुल्क समायोजन गरेको बताएको छ ।
यसअघि लिँदै आएको शुल्कमा समायोजन गर्दै अब ६ हजार ५०० रुपैयाँभन्दा बढी लिन नपाउने गराएको हो । यसका लागि व्यवसायीहरूले शुल्क बढाउन दबाब दिँदै आएका थिए । सोही आधारमा मन्त्रिस्तरीय निर्णय गर्दै शुल्क बढाएको हो । मन्त्रालयले भने यसलाई शुल्क समायोजन भनेको छ ।
शुल्क बढाएको विषयमा मन्त्रालयले आधिकारिक जानकारी भने दिएको छैन । यसअघि स्वास्थ्य परीक्षण गरेबापत फरक फरक खालको शुल्क लिँदै आएका थिए । अब सबैलाई समान हुनेगरी ६ हजार ५०० रुपैयाँभन्दा बढी लिन नपाउने गरेको मन्त्रालय स्रोतले जनायो ।
‘सबैलाई समान गर्ने भनेर ६५ सय अपर लिटिम राखिएको हो । यसअघि कसैले ५ हजार ५०० र कसैले ६ हजार ५०० लिने गरेका थिए । अब ६ हजार ५०० भन्दा बढी लिन नपाउने गरिएको हो’ स्रोतले भन्यो ।
शुल्क बढाउने विषयमा स्वास्थ्य मन्त्रालयमा रहेको विज्ञ समूहको सिफारिसको आधारमा गर्नुपर्ने नियम छ । विज्ञ समूहले अघिल्लो वर्ष बढाउन सिफारिस गरेको थियो । श्रम मन्त्रालयले कसैको ५ हजार ५०० र कसैको ६ हजार ५०० बनाएको थियो ।
मन्त्री भण्डारीले समान शुल्क बनाउने भन्दै उक्त निर्णयलाई संशोधन गरेका हुन् । यो विषयमा व्यवसायीहरूले असन्तुष्टि जनाएका छन् ।
हाल २१५ स्वास्थ्य संस्थाले स्वास्थ्य परीक्षणको लागि भन्दै नवीकरण गराएका छन् । वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमन सम्बन्धी कार्यविधि, २०७२ अनुसार सूचिकृत भएका स्वास्थ्य संस्थाहरूले स्वास्थ्य परीक्षण गराउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
-
रास्वपाका सांसद पार्टीको अधिवेशनमा गएपछि राज्यव्यवस्था समिति बैठक स्थगित
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण