खुम्बुमा पर्यटकको सुरक्षा 'ट्रेक कार्ड'
काठमाडौं । पर्यटकीय क्षेत्रमा कुनै पनि पर्यटकको आगमनसँगै उनीहरूको सुरक्षा र सहज व्यवस्थापन पहिलो प्राथमिकताको विषय हो । खुम्बु पासाङल्हामु गाउँपालिकाले यसलाई मनन गर्दै ुट्रेक कार्डु लागु गरेको छ ।
खुम्बुक्षेत्रमा आएका पर्यटकको सुरक्षा, व्यवस्थापन र पर्यटन प्रवर्द्धन तथा प्रचार-प्रसार गर्ने उद्देश्यले 'ट्रेक कार्ड' प्रयोगमा ल्याइएको खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरीङ शेर्पाले बताए । 'खुम्बुक्षेत्रमा आएका पर्यटकको सुरक्षा र व्यवस्थापनको प्रत्याभूति गर्नु गाउँपालिकाको कर्तव्य हो', अध्यक्ष शेर्पाले भने, 'ट्रेक कार्डले पर्यटक सुरक्षित छन् भन्ने जानकारी लिन बिहान निस्किएको ठाउँ र बेलुका पुगेको ठाउँको ट्र्याक गर्छ ।'
यो खुम्बु गाउँपालिका आफैँले तयार गरेको डिजिटल प्रणालीमा आधारित कार्ड हो । यसले खुम्बुक्षेत्रमा घुम्न पुगेका पर्यटकलाई ट्र्याक गर्छ । हाल खुम्बुक्षेत्रको विभिन्न ६ स्थानमा कार्ड प्रयोगका लागि चेक प्वाइन्टहरू खडा गरिएका छन् ।
पर्यटकले बिहान निस्कने बेलामा आफू नजिकैको चेक प्वाइन्ट र साँझ उनीहरू बस्ने ठाउँमा रहेको चेक प्वाइन्टमा स्क्यान गर्नुपर्छ । यसले उनीहरू कहाँ छन् भन्ने जानकारी गाउँपालिका र सम्बन्धित निकायहरूमा स्वतः पुग्छ । कार्डले उनीहरू बिहान कुन ठाउँबाट हिँडे र साँझ कुन ठाउँमा पुगे भन्ने सूचना उपलब्ध गराउँछ ।
गाउँपालिकाले ११ हजार पर्यटकलाई यो कार्ड दिएर परीक्षण गरेको थियो । खुम्बुक्षेत्र आएका पर्यटक तथा उनीहरूको समूहलाई गाउँपालिकाले कार्ड प्रयोग गर्न लगाएको थियो । यो समाचार नागरिक दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समूह ‘सी’ को निर्णायक भिडन्तमा ब्राजिल र स्कटल्याण्ड भिड्दै, नेयमार टोली बाहिर
-
स्वीट्जरल्याण्ड समूह विजेता बन्दा कतार बाहिरियो, बोस्नियाको भाग्य अन्य समूहको हातमा
-
कतारलाई हराउँदै बोस्निया तेस्रो स्थानमा, विश्वकपबाट कतारको बिदाइ
-
स्वीट्जरल्याण्ड समूह विजेता बन्दै नकआउट चरणमा
-
सियाटलमा बोस्नियाको वर्चस्व, पहिलो हाफमा कतार २–१ ले पछाडि
-
सात विपन्न परिवारलाई घर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण