नेपाली महिला फुटबललाई हेर्ने दृष्टिकोण बदल्ने गरी खेल्नेछुः सावित्रा भण्डारी
काठमाडौँ । व्यावसायिक फुटबल खेल्न इजरायल जान लागेकी नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीलाई बिदाइ गरिएको छ ।
बुधवार युवा तथा खेलकुद मन्त्रालयमा एक कार्यक्रम आयोजना गरी उनलाई बिदाइ गरिएको हो । उनले इजरायलको क्लव हापोएल रानानाबाट युरोपमा लिग खेल्दै छिन् । बिदाइ कार्यक्रममा बोल्दै नेपालका लागि इजरायली राजदूत हानन गोदारले इजरायली क्लवमा नेपाली खेलाडी भित्र्याउनु ऐतिहासिक क्षण भएको र सावित्राको खेल हेर्न आतुर रहेको प्रतिक्रिया दिए । उनले खेलकुदले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरे ।
उनले भने, ‘म धेरै नै खुशी छु, किनभने ऐतिहासिक क्षण छ, हामी सबै युरोप लिगमा नेपाली खेलाडी सावित्रा भण्डारीले खेलेको हेर्न आतुर छौँ । हाम्रो देश र दुतावास उहाँको स्वागतका लागि तयार छ । हामीले हस्ताक्षर गरेका छाँै, अब उहाँले खेलेको खेल हेर्न बाँकी छ, यसले दुई देशको सम्बन्ध थप बिस्तार हुनेछ ।’
बिदाइ कार्यक्रममा बोल्दै फरवार्ड भण्डारीले यति छोटो समयमा कल्पना नगरेको सम्मान पाएको बताइन् । उनले एशियाबाट युरोपमा लिग खेल्न जाँदै गर्दा आफूसँग चुनौति भएपनि त्यसलाई स्वीकार्न तयार रहेको बताइन् । आफूले दक्षिण एशियामा आफूलाई प्रमाणित गरिसकेको र युरोपमा हुने लिगमा पनि अन्तिमसम्म नै प्रमाणित गर्न लागिपर्ने बताइन् । उनले आफ्नो यो यात्रा भावि पुस्ताका लागि र महिला फुटबललाई हेर्ने दृष्टिकोण बदल्न आवश्यक रहेको बताइन् ।
कार्यक्रममा अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकजविक्रम नेम्वाङले सावित्राले आफ्नो खेल कौशललाई राम्रोसँग प्रस्तुत गर्ने विश्वाससहित बधाइ दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण