शिक्षा ऐन जारी गर्न माग गर्दै नेपाल समाजवादी विद्यार्थीको सिंहदरबार अगाडी प्रदर्शन
बुधबार, ०३ साउन २०८०, १३ : ५३
काठमाडौँ । सङ्घीय शिक्षा ऐन जारी गर्न माग गर्दै सिंहदरबारको दक्षिण गेट बाहिर नेपाल समाजवादी विद्यार्थी युनियनले प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् । २०२८ सालको शिक्षा ऐन कहिलेसम्म ? यो शिक्षा ऐन खारेज गरी तत्काल नयाँ शिक्षा ऐन जारी गर भन्दै चरणबद्ध आन्दोलन गर्दै आएको विद्यार्थी सङ्गठनले आज सिंहदरबार अगाडी साङ्केतिक विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागी विद्यार्थी नेताहरू नेत्र चापागाईँ र सरोज थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्न, सङ्घीय शिक्षा ऐन जारी गर्न, विश्वविद्यालयमा शैक्षिक क्यालेन्डर लागु गर्न र सीटीईभीटीको शुल्क वृद्धि तत्काल खारेज गर्न माग गर्दै प्रदर्शन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण