कार्यक्रम सबै कार्यान्वयन भए कांग्रेस स्वर्ण युगमै जान्छ : रामहरि खतिवडा
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले महामन्त्रीको कार्यक्रम सबै कार्यान्वयन हुन सके कांग्रेस स्वर्ण युगमै जाने बताएका छन् ।
केन्द्रीय समिति बैठकमा उनले भने, ‘महामन्त्रीको कार्यक्रम सबै कार्यान्वयन हुन सके कांग्रेस स्वर्ण युगमै जाने छ । कांग्रेस जनताको बीचमा गएर फेरि पनि पहिलो पार्टी हुन कसैले रोक्ने छैन ।’
साथै खतिवडाले महामन्त्रीको प्रस्तावमा महासमिति बैठकको कुरा उल्लेख नभएको बताए । ‘महासमितिको निर्वाचन हुन बाँकी जिल्लामा अविलम्ब निर्वाचन गर्न भन्नुपर्छ । एक वर्षभित्र महासमितिको बैठक राख्ने कुरा थपेर कार्यक्रम प्रस्तुत गर्दा राम्रो हुन्छ ,’ उनले भने ।
उनले दिवंगत् नेताहरूको जन्म जयन्ती र स्मृतिमा कार्यक्रम थप गर्नुपर्ने बताए । ‘पुस ८ गते किसुनजीको जन्मजयन्तीका अवसरमा कार्यक्रम तय गरियोस् । साथै योगेन्द्रमान शेरचन, रामनारायण मिश्र, बलबहादुर राई लगायतको पनि स्मृति दिवसमा कार्यक्रम ल्याइयोस् ,’ उनले भने ।
पार्टीमा एक अर्कालाई गाली गर्ने पद्धति अन्त्य गर्नुपर्ने बताए । ‘हामी एउटाले अर्कोलाई गाली गर्छौँ । गुटलाई प्रशय दिन्छौँ । यो पद्धतिलाई अन्त्य गर्नुपर्छ । कसैले महामन्त्रीलाई गाली गर्छन्, कसैले सभापतिलाई गाली गर्छन् । यसरी पार्टी दह्रो हुँदैन,’
एकले अर्कालाई गाली गरेर महान् बन्ने परम्परा अन्त्य हुनुपर्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असारका लागि ७ वाणिज्य बैंकले घटाए ब्याजदर, १३ बैंकको स्थिर
-
अल्लोबाट आत्मनिर्भर बन्दै महिला
-
३३ अर्ब हाराहारीको बजेट ल्याउने गण्डकी सरकारको तयारी, सांसदलाई न्यूनतम ३ करोडको सिलिङ
-
दोस्रो चरणको मतदानपछि रास्वपा लुम्बिनीमा नयाँ नेतृत्व चयन
-
विश्वकपमा इङ्ग्ल्यान्डलाई झमेलाः गोली चल्यो, भूकम्प आयो अनि फेरि सामान चोरियो
-
‘सुस्तामा एसएसबीको बुट छाप, घण्टी सरकार चुपचाप’ भन्दै विरोध प्रदर्शन, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण