काठमाडौँबाट धुलिखेल जाँदै गरेको बस साँगामा दुर्घटना
बुधबार, ०३ साउन २०८०, १६ : ३४

काठमाडौँ । भक्तपुर र काभ्रेपलाञ्चाको सीमा साँगामा बस दुर्घटना भएको छ । काठमाडौँबाट धुलिखेल जाँदै गरेको काभ्रे काठमाडौँ यातायातको बा ३ ख ९३९६ नम्बरको नगर बस साँगामा दुर्घटना भएको हाे ।
दुर्घटनामा ६ जना यात्रु घाइते भएका छन् । साँगाकाे पुलमुनि भीरबाट बस खसेको प्रहरी वृत जगातीका डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।
दुर्घटनामा घाइते यात्रुको उद्दारपछि भक्तपुरको नयाँठिमीस्थित मध्यपुर अस्पतालमा भर्ना गरिएको श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण
-
१ सय दिनभित्र नतिजा प्रकाशन गर्नुपर्नेमा ४ सय दिनसम्म लगाउँछ त्रिवि