सारुकको सम्झनामा सेलिब्रेटीले गरे दीप प्रज्वलन
काठमाडौँ । स्वर्गीय अभिनेता सारुक ताम्राकारको सम्झनामा बौद्धनाथ स्तुपामा दीप प्रज्वलन गरिएको छ । बुधवार साँझ गरिएको दीप प्रज्वलनमा परिवारका सदस्य, कलाकार तथा सर्वसाधारणको दीप प्रज्वलन गर्दै उनको सम्झना गरे ।
दीप प्रज्वलन सारुकका आमा–बुबाको अलवा मलिना जोशी, बेनिशा हमाल, सुष्मा कार्की, श्रद्धा क्षेत्री, सिसन बानियाँ, गायक नितेशजंग कुँवर, बैंकर अनिलकेशरी शाह, सम्पदा मल्ल, निर्देशक रेनशा वान्तवा राई, निर्माता प्रज्वलशम्सेर राणा, पूर्व मिस नेपाल अश्मी श्रेष्ठ लगायत थ्रुप्रैको उपस्थिति थियो ।
उक्त अवसरमा उपस्थित अधिकांशले सारुकको प्रतिभा, बानी ब्यहोरा लगायतको विषयमा चर्चा गरे । सारुक गत असार २१ गते घरमै झुन्डिएको अवस्थामा भेटिएका थिए । उनको आत्महत्याको विषय अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ ।
बिभिन्न सेलिब्रेटीले सामाजिक सञ्जालमार्फत सारुक आत्महत्याको गहिरो छानबिन हुनुपर्ने माग उठिरहेको छ । उनलाई आत्महत्या गर्न बाध्य पारिएको हुनसक्ने उनी निकट कलाकारको धारणा छ ।
सारुकले निधन अघिसम्म अभिनय गरिरहेको फिल्म ‘ह्यासट्याक माया’ का निर्देशक, निर्माता र उनका बुबा कलाकार सानु ताम्राकारसँग पनि प्रहरीले यस विषयमा सोधपुछ गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण