२५ बुँदे प्रतिबद्धतासहित एनआरएनए माल्टाको अध्यक्षमा खनालको उम्मेदवारी घोषणा

माल्टा । एनआरएनए नेपाली संघ माल्टाको आगामी २०२३–२५ कार्यकालका लागि रेमलाल खनाल (रेम्स) ले उम्मेदवारी घोषणा गरेका छन् । २५ बुँदे प्रतिबद्धतासहित उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
खनालले समग्र माल्टावासीको आग्रहलाई स्वीकार गर्दै आफू निर्वाचनमा होमिएको बताए । उनले आफू माल्टामा सर्वसम्मति नेतृत्वको पक्षमा रहेको तर जति पहल गर्दा पनि हालको कार्यसमितिका केही पदाधिकारीले निर्वाचनको विकल्प नदिएपछि उम्मेदवारी घोषणा गरेको बताए ।
कार्यक्रममा एनआरएनए पोर्चुगलका पूर्व अध्यक्ष भिमकमल केसी, समाजसेवी एवं माल्टाका सफल व्यवसायी प्रकाश भण्डारी, सन्देश केसीलगायतले खनाललाई विजयी गराउन माल्टावासी नेपालीहरूलाई आग्रह गरे ।
अध्यक्षका प्रत्याशी खनालले ‘पद्धति र पारदर्शिता समावेशी एनआरएनए हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित आफ्नो २५ बुँदे प्रतिबद्धता व्यक्त गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोदीलाई जी–७ मा सहभागी हुने दिइएको निम्तो बारे क्यानडामा उठ्यो प्रश्न
-
युइएफए नेसन्स लिगः स्पेन र पोर्चुगल भिड्दै, यस्तो छ हेड टु हेड अवस्था
-
पदयात्रा पर्यटनसँग जोडिँदै सिङ्दी घरवास
-
घरेलु श्रमिक अधिकारबाट वञ्चित
-
विश्व वरियतामा शीर्ष साबालेन्कालाई पराजित गर्दै कोको गौफले जितिन फ्रेन्च ओपन
-
१२ बजे १२ समाचार: न्यायाधीश नियुक्तिमा अन्योल, उपप्रमुख र उपाध्यक्षले जारी गरे २० बुँदे घोषणापत्र