२५ बुँदे प्रतिबद्धतासहित एनआरएनए माल्टाको अध्यक्षमा खनालको उम्मेदवारी घोषणा
माल्टा । एनआरएनए नेपाली संघ माल्टाको आगामी २०२३–२५ कार्यकालका लागि रेमलाल खनाल (रेम्स) ले उम्मेदवारी घोषणा गरेका छन् । २५ बुँदे प्रतिबद्धतासहित उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
खनालले समग्र माल्टावासीको आग्रहलाई स्वीकार गर्दै आफू निर्वाचनमा होमिएको बताए । उनले आफू माल्टामा सर्वसम्मति नेतृत्वको पक्षमा रहेको तर जति पहल गर्दा पनि हालको कार्यसमितिका केही पदाधिकारीले निर्वाचनको विकल्प नदिएपछि उम्मेदवारी घोषणा गरेको बताए ।
कार्यक्रममा एनआरएनए पोर्चुगलका पूर्व अध्यक्ष भिमकमल केसी, समाजसेवी एवं माल्टाका सफल व्यवसायी प्रकाश भण्डारी, सन्देश केसीलगायतले खनाललाई विजयी गराउन माल्टावासी नेपालीहरूलाई आग्रह गरे ।
अध्यक्षका प्रत्याशी खनालले ‘पद्धति र पारदर्शिता समावेशी एनआरएनए हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित आफ्नो २५ बुँदे प्रतिबद्धता व्यक्त गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न
-
प्रतिष्ठान र गुम्बा विकास समिति खारेजीको निर्णयप्रति महासंघको आपत्ति
-
उखु किसानका पीडा: खेती गर्न मलकाे अभाव, उत्पादन बिक्री उधारोमै
-
विश्व द्वन्द्व ८० वर्षयताकै उच्च
-
‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली
-
राजस्व अनुसन्धान विभागको तत्कालीन महानिर्देशक अधिकारीको मुद्दामा तोकियो पेसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण