‘मिस वर्ल्ड टुरिजम’मा भाग लिन श्रीलङ्का उडिन् सजिना
शुक्रबार, ०५ साउन २०८०, ११ : ५५
काठमाडौँ । ‘मिस वर्ल्ड टुरिजम’मा नेपालको प्रतिनिधित्व गर्न सजिना खनाल श्रीलङ्का उडेकी छन् । श्रीलङ्काको कोलम्बोमा १२ दिनसम्म आयोजना हुने ‘मिस वर्ल्ड टुरिजम’मा भाग लिन सर्लाहीकी २२ वर्षीया खनाल बिहीबार साँझ त्यसतर्फ प्रस्थान गरेकी हुन् ।
‘नेपाललाई नै प्रतिनिधित्व गर्दा उत्साह र नर्भस दुवै छु । यद्यपि मोडलिङ यात्राको क्रममा सँगालेको सिकाईलाई त्यहाँ अवश्य प्रयोग गर्नेछु’, खनालले भनिन् ।
श्रीलङ्का उड्नु अगाडि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र खानेपानी मन्त्री महिन्द्र राय यादवले मन्त्रालयमा भेट्दै उनलाई जितको शुभकामना दिएका थिए ।
इभेन्ट बेटर ग्यालेक्सी इन्टरटेनमेन्टले ‘मिस वल्र्ड टुरिजम नेपाल’को उपाधि सहित उनलाई त्यसतर्फ पठाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण