यो साता सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको स्थिर
काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि देखिएको छ । गत साताको शुक्रवारको तुलनामा यो साताको शुक्रवारसम्ममा सुनको मूल्यमा सामान्य वृद्धि भएको हो ।
गत साताको शुक्रवार नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार उक्त मितिमा तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ थियो ।
जुन, यो साताको शुक्रवारसम्म आइपुग्दा तोलामा ३०० रुपैयाँले बढेर १ लाख १२ हजार ८०० रुपैयाँ कायम भएको छ । महासङ्घका अनुसार यो साता तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार २५० रुपैयाँ कायम छ ।
यसैगरी, यो साता नेपाली बजारमा चाँदीको मूल्य भने स्थिर कायम छ । महासङ्घका अनुसार गत साताको शुक्रवारको मूल्यमै यो साता चाँदीको मूल्य कायम छ । यसअनुसार चाँदीको मूल्य तोलामा १४ सय ८० रुपैयाँ कायम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानसिक स्वास्थ्य सङ्कट समाधान गर्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ गठन गर्न माग
-
नेपाल एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा
-
दीपक धामी लगायतलाई विनाशर्त रिहाइ गर्न युवा सङ्घको माग
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
-
एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने
-
चार दिन संसद् बैठकमा उपस्थित हुँदा प्रधानमन्त्री बालेन तीन विवादमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण