ललितपुर र काठमाडौँसहित सवारी दुर्घटनामा सात जनाको मृत्यु
काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ । सुनसरीको ईटहरी उपमहानगरपालिका-१७ कान्छिचोकस्थित सडकमा डब्लुबि ७३ ई ९११७ नम्बरको बोलेरो गाडी र को.२९ प ३७१२ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकामध्ये ईटहरी उपमहानगरपालिका-१६ उब्दी बस्ने २६ वर्षीय करण चौधरी र २७ वर्षीय शम्भु चौधरीको धरान घोपामा तथा सोही ठाउँ बस्ने २४ वर्षीय अनिनेश चौधरीको बिएण्डसी अस्पताल झापामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको गोल्डेन अस्पताल बिराटनगरमा उपचार भइरहेको छ । बोलेरो गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यता ललितपुरको ललितपुर महानगरपालिका-१५ हात्तीबन पुल नजिक बा.३ ख ४१०८ नम्बरको बसले बा.५६ प ३४५२ नम्बरको मोटरसाइकललाई शनिबार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार हाल नाम, थर, वतन नखुलेका २ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको बिएण्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बसका चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै काठमाडौंको काठमाडौं महानगरपालिका-३१ शान्तीनगरस्थित सडकमा बा.१ ह ३८८४ नम्बरको टेम्पुको ठक्करबाट पैदलयात्री मकवानपुर थाहा नगरपालिका-१ घर भई काठमाडौं शान्तीनगर बस्ने ३८ वर्षीय रामभक्त श्रेष्ठको शुक्रबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सिभिल अस्पताल बानेश्वर हुँदै बिएण्डबी अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै उक्त टेम्पुको ठक्करबाट घाइते भएका अन्य २ जना पैदलयात्री मध्ये १ जनाको केएमसी अस्पताल सिनामंगल र १ जना सिभिल अस्पताल बानेश्वरमा उपचार भइरहेको छ । टेम्पु चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धादिङको बेनिघाट रोराङ गाउँपालिका-३ रातमाटेस्थित सडकमा प्र.१-०२-००१ ख ८०२९ नम्बरको ट्रकले बा.प्र.०२-०३७ प ७७३१ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक पर्सा वीरगंज महानगरपालिका-७ बस्ने २५ वर्षीय कृष्ण श्रीवास्तबको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको टिचिङ अस्पताल मलेखुमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको बिएण्डबी अस्पताल ललितपुरमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण