पुष्पलालको सपना पूरा गर्न कम्युनिष्ट पार्टीहरुबीचको एकता अपरिहार्य : मन्त्री मोदी
मोरङ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले नेकपाका संस्थापक महासचिव पुष्पलालको सपना पूरा गर्नका लागि नेपालका कम्युनिष्ट पार्टीहरुबीचको एकता अपरिहार्य रहेको बताएका छन् ।
पुष्पलाल स्मारक समितिले मोरङमा आयोजना गरेको ४५ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् ।
“पुष्पलालले जुन कुरालाई केन्द्र बिन्दुमा राखेर कम्युनिष्ट पार्टी स्थापना गर्नु भएको हो त्यो कुरा प्राप्त गर्ने दिशामा अगाडि बढ्नका लागि नेपालका कम्युनिष्ट पार्टीहरुबीचको एकता अपरिहार्य छ,” मन्त्री मोदीले भने ।
उनले पुष्पलालले देखाएको बाटोमा अगाडि बढ्नुको विकल्प नभएको समेत बताए । मन्त्री मोदीले पुष्पलालले स्थापना गरेको कम्युनिष्ट पार्टीलाई पुनः एकीकृत गर्दै समाजवादको बाटोमा अगाडि अगाडि बढ्नुपर्ने समेत बताए ।
“एउटै बलियो कम्युनिष्ट पार्टी मार्फत आमूल परिवर्तनको सपना बोकेर नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्नेे पुष्पलालको सपना साकार गर्नका लागि सबै कम्युनष्टिबीचको एकता अनिवार्य र अपरिहार्य छ” उनले भने, “पुष्पलाल श्रेष्ठको योगदानले नै अहिले कम्युनिष्ट पार्टीहरु यो स्थानमा आइपुगेका हौँ, यो गाम्भीर्यतालाई बुझेर नेपालका कम्युनिष्ट पार्टी अगाडि बढ्नुपर्छ ।”
अर्को प्रसंगमा मन्त्री मोदीले प्रशासकीय र व्यवस्थापकीय सुधारमार्फत् सुशासन कायम गर्ने दिशामा आफू लागिरहेको समेत बताए । मन्त्री मोदीले सरुवा प्रणालीलाई पूर्व अनुमानयोग्य बनाउने आफ्नो तयारी रहेको समेत उल्लेख गरे ।
उनले विराटनगरका सडक, खानेपानी, भवन, पुल लगायतका संरचना निर्माणका लागि आफूले सकेको बजेट प्रबन्ध गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण