बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

पार्टीका नेताहरूलाई डिनाको प्रश्न : खाणलाई जबरजस्ती फसाउन किन लाग्नुभएको ?

आइतबार, ०७ साउन २०८०, १६ : ५४
आइतबार, ०७ साउन २०८०

काठमाडौँ । नेपाली कांग्रेसकी सहमहामन्त्री डिना उपाध्यायले पार्टी भित्रैबाट नेताहरूलाई जबरजस्ती फसाउने काम भएको बताएकी छन् । आइतबारको केन्द्रीय समिति बैठकमा उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षमा रहेका नेता बालकृष्ण खाण माथिको आरोप प्रमाणित गराउन पार्टीकै नेताहरूले दबाब दिएको बताइन् ।

उपाध्यायले भनिन्, ‘हाम्रो एकजना साथीलाई आरोप लगाइएको छ । आरोपित हुनुहुन्छ । न्यायालयमा मुद्दा विचाराधीन छ । तर हाम्रै पार्टीका साथीहरू आरोपलाई प्रमाणित गराउन दबाब दिइरहनुभएको छ ।’ कांग्रेसकै नेताहरूले खाणविरुद्ध न्यायालयलाई प्रभावित पार्न खोजेको उनको आरोप छ । ‘यो कार्यप्रति पार्टीले सचेत हुनुपर्छ । पार्टी साथीहरूलाई जबरजस्ती फाउन किन लाग्नुभएको छ ?,’ उपाध्यायले प्रश्न गरिन् ।

यस्तै उनले पार्टीका साथीलाई कुनै आरोप लागेमा पक्षमा उभिने कि नउभिने भन्ने प्रश्न गरिन् ।  ‘आफ्नै साथी थुनामा पर्दै गर्दा पक्षमा उभिने कि नउभिने ?,’ उनले प्रश्न गरिन्, ‘जिल्लामा कुनै साथीलाई कुनै आरोप लाग्दा पक्षमा उभिने कि नउभिने ?’

उनले अदालतमा रहेको विचाराधीन मुद्दालाई बहसको विषय बनाइएको पनि बताइन् । साथै उनले राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरिदिएपछि नागरिकताविहीनहरूले नागरिकता पाएको बताइन्।

यस्तै उनले पार्टी डुब्यो, खतम भनेर कार्यकर्ताको मनोबल गिराउने काम भएको बताइन् । ‘केही साथीले पार्टी डुब्यो, खतम भयो भनिराख्नु भएको छ । आज नेपाली कांग्रेस पहिलो पार्टी हो । पार्टीका साथीहरूको मनोबल गिराउन प्रयास भएको छ । यो निन्दनीय छ,’ उनले भनिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप