एमाले अध्यक्ष ओलीले गरे कम्बोडियाको निर्वाचन पर्यवेक्षण
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियाको आम निर्वाचनको पर्यवेक्षण गरेका छन् । आइतबार भएको निर्वाचनमा अध्यक्ष ओली नेतृत्वको टोलीले त्यहाँको कोर्क प्रावि मतदान केन्द्र, प्रिक रेसे प्रावि, क्रोपर प्राविमा पुगेर पर्यवेक्षण गरेको हो ।
निर्वाचन पर्यवेक्षणका लागि ओली आइतबार बिहान ६ बजे कोर्क प्रावि मतदान केन्द्र पुगेका थिए । कोर्क मतदान केन्द्रमा अध्यक्ष ओलीको उपस्थितिमा त्यहाँका एक ९२ वर्षीय नागरिकले मतदान गरेका छन् ।
कम्बोडियामा कुल ९७ लाख १० हजार ६६५ मतदाताहरुले १२५ जना विधायकहरु निर्वाचित गर्दैछन् । निर्वाचनका लागि देशभर २३ हजार ७८९ मतदान केन्द्रहरुमार्फत मतदान भएको छ । कम्बोडियाको निर्वाचनका लागि विभिन्न समूहमा कुल ३३४ जना विदेशी पर्यवेक्षक पर्यवेक्षणमा सहभागी भएका छन् ।
पर्यवेक्षणका क्रममा अध्यक्ष ओलीले स्थानीय मिडिया र अल जजिरा टिभीसँग संक्षिप्त कुराकानी समेत गरेको उनको सचिवालयले जनाएको छ । निर्वाचन पर्यवेक्षकहरुले सोमबार बिहान १० बजे पत्रकार सम्मेलन आयोजना गर्ने छन् भने मतगणना आइबारबाटै सुरु हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्षिक १३ अर्ब खर्च हुँदा पनि प्रभावहीन बनेका तालिम रोक्न मन्त्रालयले स्थानीय तहलाई पत्राचार गर्ने
-
बागमती सरकारबाट एमालेका मन्त्रीले राजीनामा दिने
-
शिक्षामन्त्रीसँग जापानी राजदूतको शिष्टाचार भेटवार्ता
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण