एनआरएनए हङकङको नेतृत्वमा ढकाल निरन्तर
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको नेतृत्वमा फेरि गोकर्ण प्रसाद ढकाल चयन भएका छन् । अध्यक्षसहित सबै पदमा दोहोरो उम्मेदवारी नपरेपछि सिंगो कार्यसमिति नै निर्विरोध चयन भएको हो ।
निर्विरोध कार्यसमितिको उपाध्यक्षमा अनु राई र सन्तोष गुरुङ चयन भएका छन् । यसैगरी महासचिव डिल्लीराम विश्कर्माचयन भएका छन् भने सचिवमा मनोज सूर्यवंशी चुनिएका छन् । ।
त्यस्तै, कोषाध्यक्षमा अर्जुन गौचन र सहकोषाध्यक्षमा रिना कनौजिया निर्वाचित भए ।इन्दर पुर्जा पुन युवा संयोजक तथा महिला संयोजकमा कविता गुरुङ चयन भएका छन् । यसैगरी, कार्यसमिति सदस्यहरूमा विश्वनाथ घिसिङ, मनिष लिम्बू, बर्दान गुरुङ, अशोक गुरुङ र मनोज गौतम चयन भएका छन् ।
यसैबीच नवनिर्वाचित कार्यसमितिले आइतबार शपथ तथा पदभार ग्रहण गरेको छ। नवौं राष्ट्रिय महाधिवेशनमा निर्वाचन अधिकृत हेजेन राईले नवनिर्वाचित पदाधिकारीलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् ।
उक्त शपथ ग्रहण कार्यक्रममा एनआरएनए आइसिसि सचिव टिका गुरुङ, एनआरएनए हङकङका संस्थापक अध्यक्ष कृष्ण प्रसाद पाण्डेलगायत हङकङमा रहेका विभिन्न संघ संस्थाका पदाधिकारीहरुको उपास्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
केरा खेतीमा ‘ब्ल्याक डेथ’ को खतरा : ७५३ स्थानीय तहलाई ‘हाइ अलर्ट’
-
काठमाडौँ सडक सहयोगापेक्षी मानवमुक्त घोषणा
-
हिमालीबाहेक गण्डकीका सबै जिल्लामा रास्वपाको नयाँ नेतृत्व
-
‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण