एनआरएनए हङकङको नेतृत्वमा ढकाल निरन्तर

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको नेतृत्वमा फेरि गोकर्ण प्रसाद ढकाल चयन भएका छन् । अध्यक्षसहित सबै पदमा दोहोरो उम्मेदवारी नपरेपछि सिंगो कार्यसमिति नै निर्विरोध चयन भएको हो ।
निर्विरोध कार्यसमितिको उपाध्यक्षमा अनु राई र सन्तोष गुरुङ चयन भएका छन् । यसैगरी महासचिव डिल्लीराम विश्कर्माचयन भएका छन् भने सचिवमा मनोज सूर्यवंशी चुनिएका छन् । ।
त्यस्तै, कोषाध्यक्षमा अर्जुन गौचन र सहकोषाध्यक्षमा रिना कनौजिया निर्वाचित भए ।इन्दर पुर्जा पुन युवा संयोजक तथा महिला संयोजकमा कविता गुरुङ चयन भएका छन् । यसैगरी, कार्यसमिति सदस्यहरूमा विश्वनाथ घिसिङ, मनिष लिम्बू, बर्दान गुरुङ, अशोक गुरुङ र मनोज गौतम चयन भएका छन् ।
यसैबीच नवनिर्वाचित कार्यसमितिले आइतबार शपथ तथा पदभार ग्रहण गरेको छ। नवौं राष्ट्रिय महाधिवेशनमा निर्वाचन अधिकृत हेजेन राईले नवनिर्वाचित पदाधिकारीलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् ।
उक्त शपथ ग्रहण कार्यक्रममा एनआरएनए आइसिसि सचिव टिका गुरुङ, एनआरएनए हङकङका संस्थापक अध्यक्ष कृष्ण प्रसाद पाण्डेलगायत हङकङमा रहेका विभिन्न संघ संस्थाका पदाधिकारीहरुको उपास्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदन भण्डारी कपको उपाधि बस्नेत र न्यौपानेलाई
-
मोदीलाई जी–७ मा सहभागी हुने दिइएको निम्तो बारे क्यानडामा उठ्यो प्रश्न
-
युइएफए नेसन्स लिगः स्पेन र पोर्चुगल भिड्दै, यस्तो छ हेड टु हेड अवस्था
-
पदयात्रा पर्यटनसँग जोडिँदै सिङ्दी घरवास
-
घरेलु श्रमिक अधिकारबाट वञ्चित
-
विश्व वरियतामा शीर्ष साबालेन्कालाई पराजित गर्दै कोको गौफले जितिन फ्रेन्च ओपन