अमेरिकामा महादेवको ‘बलिउड र कलिउड टुर’
_LJUOqsG2GU.jpg)
काठमाडौंँ । लोकप्रिय हास्य कलाकार महादेव त्रिपाठी ‘जादुर’ अहिले अमेरिका टुरमा छन् । करिब एक वर्षदेखि अमेरिका टुरमा रहेका उनले अमेरिकाको दर्जन बढी शहरमा सांगीतिक कार्यक्रम गरिसकेका छन् ।
सांगीतिक कार्यक्रमको सिलसिलामा उनले बिभिन्न जादु, कमेडी प्रहसन र नृत्य प्रस्तुत गर्ने गरेका छन् । आइतबार सम्पन्न मिस नेपाल नर्थ अमेरिका कार्यक्रममा पनि उनले कमेडी प्रहसन र नृत्य प्रस्तुत गरेका थिए । उनले नृत्य नेपाली मौलिक गीतमा रहेको थियो । जसलाई दर्शक दिर्घबाट वान्समोरको हुटिङ समेत गुन्जिएको थियो ।
केही दिन अगाडि त्रिपाठीले अमेरिकाको विभिन्न ठाउँमा नेपाली गायिका मेलिना राई, सुगम पोखरेल, निमा रुम्बा, हेमन्त राणा, कुन्ति मोक्तानलगायतसँग सांगीतिक कार्यक्रम गरेका थिए । ‘बलिउड र कलिउड टुर’ नाम दिइएको उक्त कार्यक्रममा उनले बलिउडमा सोनु निगम, लक्कि अलि, बादशाहसँग कार्यक्रम गरिरहेका छन् ।
‘बलिउड र कलिउड कलाकारसँग संयुक्त रुपमा अमेरिकामा मेरो सांगीतिक टुर चलिरहेको छ’, त्रिपाठीले भने–‘केही कार्यक्रमका लागि अमेरिका आएको थिए । यहाँका नेपालीको माया र प्रेमले दर्जनौ कार्यक्रम थपियो ।’
अमेरिकामा अझै आधा दर्जन कार्यक्रमपछि मात्र आफू नेपाल फर्किने त्रिपाठीले सुनाए । त्रिपाठीले नेपाली फिल्म, टेलिफिल्म लगायत थुप्रै म्युजिक भिडियो पनि अभिनय गरेका छन् । नेपाली फ्यान मार्फत उनी कलाकार तथा जादुगर महादेव त्रिपाठीका नामबाट परिचित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुर महिला गोल्डकप : नव जनजागृतिलाई हराउँदै संकटा सेमिफाइनलमा
-
मध्यपूर्व एनआरएनएको नेतृत्वमा हेपिएको छ, यो पल्ट त्यस्तो नहोस् : आरके शर्मा
-
सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता आयोगको अध्यक्षमा तीन दलको ‘बार्गेनिङ’
-
किशोर-किशोरीको सुरक्षाका लागि टिकटकको ‘फ्यामिली पेयरिङ’
-
सिरहाबाट दुई थान भरुवा बन्दुक बरामद
-
व्यवस्था परिवर्तन भए पनि नागरिकको जीवनस्तर सुधार हुन सकेन : पूर्व राष्ट्रपति भण्डारी