अमेरिकामा महादेवको ‘बलिउड र कलिउड टुर’
काठमाडौंँ । लोकप्रिय हास्य कलाकार महादेव त्रिपाठी ‘जादुर’ अहिले अमेरिका टुरमा छन् । करिब एक वर्षदेखि अमेरिका टुरमा रहेका उनले अमेरिकाको दर्जन बढी शहरमा सांगीतिक कार्यक्रम गरिसकेका छन् ।
सांगीतिक कार्यक्रमको सिलसिलामा उनले बिभिन्न जादु, कमेडी प्रहसन र नृत्य प्रस्तुत गर्ने गरेका छन् । आइतबार सम्पन्न मिस नेपाल नर्थ अमेरिका कार्यक्रममा पनि उनले कमेडी प्रहसन र नृत्य प्रस्तुत गरेका थिए । उनले नृत्य नेपाली मौलिक गीतमा रहेको थियो । जसलाई दर्शक दिर्घबाट वान्समोरको हुटिङ समेत गुन्जिएको थियो ।
_bGciDckzIW.jpg)
केही दिन अगाडि त्रिपाठीले अमेरिकाको विभिन्न ठाउँमा नेपाली गायिका मेलिना राई, सुगम पोखरेल, निमा रुम्बा, हेमन्त राणा, कुन्ति मोक्तानलगायतसँग सांगीतिक कार्यक्रम गरेका थिए । ‘बलिउड र कलिउड टुर’ नाम दिइएको उक्त कार्यक्रममा उनले बलिउडमा सोनु निगम, लक्कि अलि, बादशाहसँग कार्यक्रम गरिरहेका छन् ।
‘बलिउड र कलिउड कलाकारसँग संयुक्त रुपमा अमेरिकामा मेरो सांगीतिक टुर चलिरहेको छ’, त्रिपाठीले भने–‘केही कार्यक्रमका लागि अमेरिका आएको थिए । यहाँका नेपालीको माया र प्रेमले दर्जनौ कार्यक्रम थपियो ।’
अमेरिकामा अझै आधा दर्जन कार्यक्रमपछि मात्र आफू नेपाल फर्किने त्रिपाठीले सुनाए । त्रिपाठीले नेपाली फिल्म, टेलिफिल्म लगायत थुप्रै म्युजिक भिडियो पनि अभिनय गरेका छन् । नेपाली फ्यान मार्फत उनी कलाकार तथा जादुगर महादेव त्रिपाठीका नामबाट परिचित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
-
सीटीईभीटीको उपाध्यक्ष र सदस्य सचिवमा दरखास्त आह्वान
-
भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ सुरु, अर्थमन्त्रीले गरे उद्घाटन
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
सम्बन्ध विच्छेदको मुद्दामा ‘किस इमोजी’ को चर्चा : लद्दाख उच्च अदालतद्वारा महिलाको निवेदन खारेज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण