शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनए कोरियाको महासचिवमा खड्काको दाबेदारी

सोमबार, ०८ साउन २०८०, १४ : ३८
सोमबार, ०८ साउन २०८०

काठमाडौँ । गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) दक्षिण कोरियाको चुनाव नजिकिँदै छ । निर्वाचनमा उम्मेदवारी दिँदै विभिन्न आकाङ्क्षीहरूले आफूले जित्ने दाबी गर्दै चुनावी प्रतिस्पर्धामा होमिएका छन् । 

यसैबीच सन्तोष खड्काले महासचिव पदमा उम्मेदवारी दिएका छन् । रामेछापमा जन्मिएर कोरियालाई कर्मभूमि बनाई सक्रिय सामाजिक अभियन्ता एवं सक्रिय सञ्चारकर्मीको रूपमा आफूलाई स्थापित गरेका खड्काले विद्यार्थी र श्रमिकहरूको प्रतिनिधित्व गर्दै एनआरएनए २०२३–०२५ का लागि महासचिव पदमा उम्मेदवारी दिएका हुन् ।

उनी हाल नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका वरिष्ठ उपाध्यक्ष, रामेछाप सम्पर्क समिति दक्षिण कोरिया, नेपाल तराई समाज दक्षिण कोरिया लगायत आधा दर्जन संघ संस्थाहरुका सल्लाहकार समेत रहेका छन् । कामदार दैनिकका सम्पादक समेत रहेका उनी सेवा प्रवाह, मकै हाउस अनलाइन लगायत आधा दर्जन भन्दा बढी प्रतिष्ठित सञ्चार गृहमा अतिथि सम्पादकको रूपमा समेत कार्यरत छन् ।

‘मोटिभेसन’ वक्ताको रूपमा समेत आफ्नो छुट्टै पहिचान बनाएका खड्काले भारत, थाइल्यान्ड, कम्बोडिया, लाओस, दक्षिण कोरिया, फिलिपिन्स लगायत विभिन्न देशहरूमा ’मोटिभेसनल’ वक्ताको रूपमा आफ्नो प्रस्तुति दिइसकेका छन् । कोरियाको प्रतिष्ठित हान्याङ विश्वविद्यालय बाट अन्तर्राष्ट्रिय अध्ययनमा स्नातकोत्तर गरेका उनी हाल विद्यावारिधि अध्ययनरत छन् ।

खड्काले श्रमिकको साथी साथै श्रमिक नै हुने र आफू पनि श्रमिक भएकोले आफ्नो उम्मेदवारी रहेको जनाएका छन् । यस्तै उनका अन्य सार्वजनिक नीति तथा एजेन्डाहरूमा महिनाको ४ वटै आइतबार र रातो बिदामा पनि नेपाली राजदूतावासको सेवा दिनको लागि आफ्नो पहल रहने उल्लेख गरेका छन् । 

यस्तै कोरियामा उच्च शिक्षाका लागि आउने नेपाली विद्यार्थीहरूका समस्या समाधान, भाषागत तथा कानुनी परामर्श सम्बन्धी समस्या समाधानका लागि विगतमा पनि प्रयास रहेको र यदि आफू महासचिव पदमा निर्वाचित भए आफूले गरेका यी सबै बाचा पूरा गर्ने प्रतिबद्धता खड्काले जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप