रेल्वे स्टेशनबाटै दुई लाख ७० हजार लुटेर फरार हुनेको अझै खुलेन पहिचान
जनकपुरधाम । नेपालको एकमात्र रेल सेवा नेपाल रेल्वे सुरक्षित नभएको पाइएको छ । आइतबार दिउँसो रेल्वेमा एक जना महिलाको २ लाख ७० हजार रुपैयाँ लुटिएको घटनामा अहिलेसम्म प्रहरीले लुटेराको पहिचान गर्न सकेको छैन ।
सुरक्षाका लागि दर्जनौँ सुरक्षाकर्मी खटाइए पनि धनुषाको जनकनन्दनी गाउँपालिका–३, कठालकी सुनिता कुमारी यादवको साथबाट रकम लुटिएको हो । रेल्वे स्टेशनमा सीसीटीभी क्यामेरासमेत नरहेका कारण लुटेराको पहिचान गर्न कठिन भएको प्रहरीको भनाइ छ ।
जनकपुरधामस्थित एनआईसी एसिया बैंकबाट पैसा निकालेर घर जाने क्रममा सुनिताको साथबाट रकम लुटिएको थियो । आइतबार दिउँसो करिब ४ बजेर ३० मिनेटको समयमा रेलमा चढ्ने बित्तिकै उनको ह्याण्ड ब्याग कसैले लुटेको थियो जसमा २ लाख ७० हजार रुपैयाँ थियो ।
गाउँमा जग्गा किनेबापत जग्गा धनीलाई पैसा दिन पतिले विदेशबाट पठाएको पैसा झिकेर घर आउने क्रममा उनको पैसा लुटिएको थियो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी वेदप्रसाद गौतमले पाकेटमारले पैसा लुटेको सूचना आएको बताएका छन् । उनले घटनालगत्तै टोली परिचालन गरेको बताए । तर, रेल्वे स्टेशनमा सीसीटीभी क्यामरा नभएका कारण लुटेरालाई खोज्न कठिन भइरहेको उनको भनाइ छ ।
भिडभाड रहने धार्मिक पर्यटकीय नगरी जनकपुरधाम रेल्वे स्टेशनको सुरक्षामा नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धन निरञ्जन झा गम्भीर नदेखिएको भन्दै आलोचना हुन थालेको छ । भिडभाड रहने स्थानमा सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त पार्न सीसीटीभी क्यामेरा राख्नुपर्नेमा रेल्वे कम्पनीले त्यसतर्फ ध्यान नदिएका कारण यस प्रकारका लुटपाटका घटना हुने गरेको सरोकारवाला बताउँछन् ।
यसअघि रेल्वेबाट दैनिक भन्सार छली गरी अवैध रुपमा गुट्खा, कपडा लगायतका सरसामान आउने गरेको थियो । रातोपाटीले तस्करीको विषयमा भिडियोसहित समाचार प्रकाशन गरेपछि केही दिन तस्करीका गतिविधि बन्द भए पनि अचेल फेरि त्यस्ता गतिविधिले प्रश्रय पाउन थालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोबाइलमा लोकप्रिय ‘माइक्रो ड्रामा’ मा चीनको अंकुश: सफ्ट पोर्नोग्राफी प्रदर्शनमा प्रतिबन्ध
-
अमेरिकामा फेरि भेटियो मासु खाने खतरनाक परजीवी ‘स्क्रु-वर्म’
-
घट्यो काठको मूल्य, समितिको सेवा–सुविधा ३० प्रतिशतले कटौती
-
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल पुलिस क्लबबिच सम्झौता
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण