बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

जब त्रिविको परीक्षामा ६ वटा प्रश्न भारतसँग सम्बन्धित सोधियो

सोमबार, ०८ साउन २०८०, २२ : २२
सोमबार, ०८ साउन २०८०

काठमाडौँ । सोमबार मानविकी संकाय अन्तर्गत तेस्रो वर्षको ऐच्छिक विषय इतिहास अन्तर्गत इन्टरडक्सन टु टुरिज्म डेभलपमेन्ट विषयको परीक्षा थियो ।जुन विषयको प्रश्नपत्रमा ९ वटा प्रश्न थियो ।

तीमध्ये ६ वटा प्रश्न भारतसँग सम्बन्धित थिए । प्रश्नपत्र हातमा परेपछि विद्यार्थीहरु अचम्ममा परे । र विद्यार्थीहरुले सेलेबसभन्दा बाहिरको प्रश्नपत्र आएको भन्दै परीक्षा हलभित्रै विरोध जनाउन थाले । 

प्रश्नपत्रमा ६ वटा प्रश्न भारतसँग सम्बन्धित रहेको र यी कुनै पनि प्रश्न पाठ्यक्रममा नरहेको विद्यार्थीले अडान कायम राखे । विद्यार्थीले परीक्षा नदिने अडान लिएका थिए । त्यसपछि त्रिवि परीक्षा नियन्त्रण कार्यालयले अर्को प्रश्नपत्र पठाएपछि विद्यार्थीले परीक्षा दिए ।  

विद्यार्थीले पाठ्यक्रम भन्दा बाहिरको प्रश्न सोधिएको भन्दै परीक्षा नदिने अडान लिएपछि पनिकाले प्रश्नपत्र परिवर्तन गरेको हो ।  प्रश्नपत्र पाठ्यक्रम बाहिरबाट सोधिएको भन्दै विद्यार्थीले विरोध गरेपछि दोस्रो प्रश्नपत्र दिएर परीक्षा सञ्चालन गरेको हो ।

नेपालको इतिहास र पर्यटनको विषयमा पढ्नुपर्नेमा भारतसँग सम्बन्धित प्रश्न गरिएपछि विद्यार्थीहरुले परीक्षा नदिने अडान लिएका थिए ।  प्रश्नपत्र पाठ्यक्रमभन्दा बाहिर आएको देखिएपछि क्याम्पसहरुले परीक्षा नियन्त्रण कार्यालयमा सम्पर्क गरेका थिए । त्यसपछि कार्यालयले ५० मिनेटपछि अर्को प्रश्नपत्र पठाएको थियो । 

परीक्षा नियन्त्रण कार्यालयका सह–परीक्षा नियन्त्रक सुरेशजंग शाहीले पाठ्यक्रमभन्दा बाहिरको प्रश्न नआएको बताए । इतिहासको दायरा फरक हुने भएकाले जहाँबाट पनि सोध्न सकिने उनले बताए ।  विद्यार्थीले परीक्षा नै नदिने अडान लिएपछि अर्को प्रश्नपत्र पठाउनुपरेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप