शैक्षिक संस्थामा तालाबन्दी नगर्न मातहतका निकायलाई अनेरास्ववियुको निर्देशन
काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले शैक्षिक संस्थाहरूमा तालाबन्दी नगर्ने प्रतिबद्धता जनाएको छ । त्यही आधारमा अनेरास्ववियुको केन्द्रीय कार्यालयबाट मातहतका निकायलाई निर्देशन जारी भएको छ ।
अनेरास्ववियुका उपाध्यक्ष नारायण घर्तीले स्ववियु निर्वाचनको बेला घोषणापत्रमा तालाबन्दी नगर्ने प्रतिबद्धता अनुसार नै अघि बढेको बताए ।
अनेरास्ववियुले स्ववियु निर्वाचनको घोषणापत्रमा शैक्षिक संस्थाहरूमा तालाबन्दी नगर्ने प्रतिबद्धता जनाएको थियो ।
सोही प्रतिबद्धता कार्यान्वयन गर्न देशैभरका अनेरास्ववियुका मातहतका निकायलाई कुनै पनि हालतमा तालाबन्दी नगर्न निर्देशन भएको बताए ।

अनेरास्ववियुले मातहतका कमिटीमार्फत कुनै शैक्षिक संस्थामा तालाबन्दी गरेको भए तत्काल खोल्न आग्रह गरेको छ । ताला खोलेर आन्दोलनलाई धर्ना वा सत्याग्रहको रूपमा अगाडी बढाउन अनुरोध गरिएको हो ।
तालाबन्दीको ठाउँमा अन्य आन्दोलनका कार्यक्रम सशक्त रूपमा अगाडि बढाउन र विकृति विसङ्गतिका विरुद्धमा लड्न आग्रह गरिएको उपाध्यक्ष घर्तीले बताए ।
केन्द्रीय कमिटीले तालाबन्दी नगर्ने घोषणा गरिरहेको बेला सुदूरपश्चिम विश्वविद्यालयमा भने तालाबन्दी गरिएको छ । अनेरास्ववियु र राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनले विभिन्न माग राख्दै तालाबन्दी गरेका हुन् ।
साउन १ गतेदेखि तालाबन्दी गरिएको हो । विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी हुँदा कार्यालयको नियमित कामकाज ठप्प छ ।
गत पुसमा अनेरास्ववियु र विश्वविद्यालयबिच भएको सम्झौता कार्यान्वयन गर्नुपर्ने, मानविकी सङ्कायतर्फ आवश्यक रहेका प्राध्यापक नियुक्ति प्रक्रिया अगाडि बढाउनुपर्ने, छात्रावास निर्माण गर्नुपर्ने, विश्वविद्यालयका प्राध्यापकहरू बाहिर निजी शैक्षिक संस्थामा अध्यापन गर्ने कार्य तत्काल रोक्नुपर्नेलगायत ९ बुँदे माग राखेर तालाबन्दी गरेका हुन् ।
अनेरास्ववियुको केन्द्रीय कमिटीले भने तत्काल तालाबन्दी खोल्न निर्देशन दिएको छ । प्रदेश कमिटी र जिल्ला कमिटीलाई ताला खोल्न र आन्दोलनका अन्य कार्यक्रम अगाडि बढाउन निर्देशन दिइएको उपाध्यक्ष घर्तीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण