शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

केरा एक दुई दिनमै कालो हुन्छ ? यसरी भण्डार गर्नुहोस्, धेरै दिनसम्म ताजा रहन्छ

बिहीबार, ११ साउन २०८०, १० : ०६
बिहीबार, ११ साउन २०८०

केरा धेरै मानिसहरूको दैनिक आहारको एक महत्त्वपूर्ण अंश हो । त्यसैले हरेक सिजनमा अधिकांश घरमा केरा ल्याइन्छ, तर केरा किनेको एक दुई दिनपछि कालो हुन थाल्छ । कालो देखिने केरा खान कसैलाई मन पर्दैन । यस्तो अवस्थामा केही टिप्स अपनाएर केरालाई धेरै दिनसम्म ताजा राख्न सक्नुहुन्छ ।

केरालाई झुन्ड्याएर राख्नुहोस् 

 केरालाई यत्तिकै राख्दा चाँडै कालो हुन थाल्छ । यस्तो अवस्थामा, यसलाई ताजा राख्नका लागि झुन्ड्याउनु राम्रो विकल्प हो । तपाईंले बजारमा यो पनि देख्नु भएको होला कि धेरै पसलेले डोरीमा केरा झुन्डाएर राख्छन् । तपाईं चाहनुहुन्छ भने, तपाईंले केरा स्ट्यान्ड पनि किन्न सक्नुहुन्छ ।

प्लास्टिकमा बेर्नुहोस् 

केरालाई धेरै दिनसम्म ताजा राख्न प्लास्टिकमा बेरेर पनि राख्न सकिन्छ । तर केराको डाँठमा मात्र प्लास्टिक बेर्नु पर्छ भन्ने कुरामा ध्यान दिनुहोस् । यसरी केराबाट कम इथिलिन ग्यास निस्कन्छ र केरा ताजा रहन्छ ।

भिनेगर प्रयोग गर्नुहोस् 

केरालाई बिग्रनबाट जोगाउन, तपाईंले यसलाई भिनेगरले पनि सफा राख्न सक्नुहुन्छ । तर यसका लागि सेतो भिनेगर मात्र प्रयोग गर्नुपर्छ । यसका लागि पानीमा थोरै भिनेगर मिसाएर केरालाई यो पानीले धुनुहोस् । यसकारण केरा धेरै दिनसम्म कालो हुँदैन र बिग्रिँदैन ।

फ्रिजरमा भण्डार गर्नुहोस् 

तपाईंले केरालाई एक महिनाको लागि ताजा राख्न सक्नुहुन्छ । यसका लागि केरालाई एयरटाइट प्लास्टिकको झोलामा बन्द गरेर फ्रिजरमा राख्नुहोस् । त्यसपछि आफूलाई खान मन लागेको बेला यसलाई बाहिर निकाल्नुहोस् र केही समयका लागि कोठाको तापक्रममा राख्नुहोस् र खानुहोस् । 

यी कुरामा ध्यान दिनुहोस् 

केरालाई छिट्टै कालो हुन नदिन र  बिग्रनबाट जोगाउन केरा किन्दा काइयोमा रहेको एउटा केरा पनि कतैबाट काटिएको वा च्यातिएको छैन भन्ने कुरामा ध्यान दिनुपर्छ । साथै, तपाईंले अति पाकेको केरा किन्नबाट जोगिनै पर्छ। यदि तपाईं केरा धेरै दिनको लागि भण्डारण र प्रयोग गर्न चाहनुहुन्छ भने काँचो केरा किन्नुहोस् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप